धनगढीमा सञ्चालन हुने एलपिएल ६ मा थप तीन आकर्षण

news
news
November 22, 1:45

धनगढी ६ मंसिर / अन्तरबिद्यालय अण्डर १९ राष्ट्रिय क्रिकेट प्रतियोगिता  लिटल फलावर प्रिमियर लिग ९एलपिएल० छैठौ संस्करण थप आकर्षण सहित संचालन हुने भएको छ । आगामी माघमा आयोजना हुने एलएलपिल ६ लाई भव्य रुपमा सफल पार्न थप आकर्षण थपिन लागेका हुन् ।

 “प्रतियोगितालाई अझै व्यवस्थित बनाउने कामको निरन्तरताको रुपमा यस बर्ष आयोजना हुने एलपिएल ६ मा  तीन आकर्षण थपिरहेका छौं ।” लिटल फलावर स्पोर्टस एण्ड इभेन्टका कार्यकारी अध्यक्ष रामचन्द्र शाहीले भने “यसै क्रममा यसपटक प्रतियोगिताका प्रत्येक खेलको वेवसाइटबाट लाइभ स्कोरिङ गरिनेछ ।”

कार्यकारी अध्यक्ष शाहीका अनुसार प्रतियोगिताको टेलिभिजनबाट  प्रत्यक्ष प्रसारण गरिने छ । प्रतियोगितामा गेम चेन्जर अवार्ड  र प्रत्येक खेलमा सबै भन्दा बढी छक्का प्रहार गर्नेलाई अवार्ड प्रदान गरिनेछ ।

बिगत बर्षमा १६ टीमको सहभागिता रहेकोमा यसपटक १० टीमको मात्र सहभागिता रहनेछ । जसमध्य काठमाण्डौका २ टीम, कन्चनपुरका १ टीम र कैलालीका ७ टीमको सहभागिता निश्चित भएको छ ।

“यसपटक सबै टीमलाई दुई समुहमा बिभाजित गरेर लिग चरणका खेल खेलाइनेछ ।”  कार्यकारी अध्यक्ष शाहीले भने   “टीमको सहभागिता कम हुदा प्रत्येक टीमले लिग चरणमा बढी खेल खेल्न पाउने भएका छन् । यसले टीमहरुलाई क्षमता देखाउन बढी अवसर प्राप्त हुनेछ ।” 

यसपटक लिग चरणमा प्रत्येक टीमले चार खेल खेल्नेछन् । यसअघिका  प्रतियोगितामा लिग चरणमा प्रत्येक टीमले तीन खेल खेल्ने अवसर पाउथे । गत बर्ष १६ टीमको सहभागिता रहेको थियो ।

कार्यकारी अध्यक्ष शाहीले यस बर्ष पुरस्कारको आकार गत बर्षको भन्दा केही बढी हुने बताए । प्रतियोगितामा प्रत्येक टीमले चार जना बिद्यालय बाहिरका १९ बर्ष मुनिका खेलाडी सहभागी गराउन पाउँछन् ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा