कैलाली दोस्रो खेलमा १० विकेटले विजयी

news
news
November 14, 6:08

वाई वाई यु–१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले लगातार दोस्रो खेलमा जित निकालेको छ ।

 टस जित्दै पहिलो ब्याटिङ्ग रोजेको दार्चुलाले  निर्धारित ४० ओभरको खेलमा २१.२ ओभरमा सबै विकेट गुमाएर ४३ रन मात्र जोड्न सफल भएको भयो  । बलिङतर्फ कैलालीका लागी  प्लयेर अफ दि म्याच शेर मल्लले ८ ओभर बलिङ गर्दै ६ विकेट लिए  भने नागराज सिंह र बसन्त कार्कीले समान २÷२ विकेट लिए ।

४४ रनको झिनो लक्ष्य लाई कैलालीका पहिलो जोडिले ५ ओभरमानै जित निकाल्न सफल भए । कैलालीका लागि ओपनर टेक रावतले सर्वाधिक १८ रन र सन्दीप बिष्टले १० को योगदान गरे । सोमबार  कैलालीले आफ्नो लिग अन्तर्गतको अन्तिम खेल बैतडी सङ खेल्नेछ ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा