कैलाली विजेता हुदै सेमिफाइनलमा बैतडी पराजित 

news
news
November 15, 6:11

कैलाली २९ कार्तिक
वाई वाई यु-१९ अन्तर्गतको सुदुरपश्चिम प्रादेशीक छनोट क्रिकेट प्रतियोगितामा आजको खेलमा कैलालीले तेस्रो जित निकालेको छ भने बैतडी  विरुद्द टस जित्दै ब्याटिङ्ग रोजेको कैलालीले निर्धारित  ४० ओभरमा  ब्याटिङ्ग गर्दै ९ विकेट गुमाएर २ सय  ४३ रन जोड्न सफल भएको थियो । कैलालीका लागी बसन्त सि कार्कीले ६२ रन बनाए भने अर्जुन साउदले ३८ रन , सङीत बुढाथोकीले २८ रन र कप्तान नारायण जोशीले २३ रनको योगदान दिएका थिए  । जवाफी ब्याटिङ गर्दै बैतडीले २७ंं.१ओभरमा सबै विकेट गुमाउदै ६३ रनमा समेटियो । बलिङ तर्फ कैलालीका शेर मल्ल र नरेन साउदले ३/ ३ विकेट लिए भने नागराज सिंहले २ विकेट लिए । आजको खेलको प्लयेर अफ दि म्याच कैलालीका बसन्त सि कार्की भएका हुन  ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा