प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीको विजयी सुरुवात 

Cricket
Cricket
November 14, 9:47

धनगढी – वाई वाई यु–१९ अन्तर्गतको सुदूरपश्चिम प्रादेशिक छनोट क्रिकेट प्रतियोगितामा कैलालीले विजयी सुरुवात गरेको छ। आफ्नो पहिलो खेलमा बझाङ विरुद्ध टस जित्दै ब्याटिङ रोजेको कैलालीले ५० ओभर ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ९३ रन जोड्न सफल भएको थियो । कैलालीका लागी सङीत बुढाथोकीले सर्वाधिक ७४ रन प्रहार गरेका थिए । त्यस्तै टेक रावतले ३५ , आयुब चन्द र वसन्त कार्कीले समान ३३/३३ रनको योगदान दिएका थिए । जवाफी ब्याटिङ गर्दै बझाङले २२.५ ओभरमा सबै विकेट गुमाउँदै ९७ रन मात्रै बनाउन सक्यो । बलिङ तर्फ कैलालीका नारायण जोशीले ५, नरेन साउदले ४ र शेर मल्लले १ विकेट लिए । खेलको खेलको प्लेयर अफ दि म्याच   कैलालीका सङीत बुढाथोकी भए ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा