एलपिएलकोे बलियो पार्टनरमा अब ‘बलियो नेपाल’  

news
news
November 08, 5:55

कैलाली, कात्तिक २२ 
आगामी माघ दोश्रो साताबाट आयोजना हुने विद्यालय स्तरीय यु–१९  क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिग (लपीएल) को छैठौँ संस्करणमा बलियो पार्टनरका रुपमा बलियो नेपाल न्युट्रीसन इनिसियटिभ जोडिएको छ ।

news


सोमबार बलियो नेपाल न्युट्रीसन इनिसियटिभको सानेपा ललितपुरस्थित कार्यालयमा बलियो नेपालका प्रमुख कार्यकारी निर्देशक डा. अतुल उपाध्याय र लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बलियो पार्टनरकोरुपमा सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

news


सम्झौताबाट नेपाली उमेर समुहको क्रिकेटको उत्थानमा थप टेवा पुग्ने बताउँदै अध्यक्ष शाहीले भने,‘यस्तो सहयोगले सुदूरमा विद्यालय स्तरका खेलाडीको खेल क्षमता बढ्ने र हौसला थपिने छ ।’ लिटल फ्लावर स्पोर्ट्स एन्ड इभेन्ट्सका अध्यक्ष शाहीले १९ बर्ष मुनिका क्रीकेट  खेलाडीको खेल क्षमता अभिवृद्धिका लागि प्रतियोगिताको  छैटौं संस्करणको  निरन्तरता दिइएको बताए । 

news


प्रतियोगितामा यो संस्करणमा देशभरका १० विद्यालय  टिमको सहभागिता रहने बताइएको छ । जसमा लिटल फ्लावर बोर्डिङ हाई स्कुल धनगढी, कैलाली गुरुकुल इङ्लिस मिडियम हाई स्कुल लम्की कैलाली, स्टेपिङ स्टोन इङ्लिस स्कुल धनगढी, सैनिक आवासीय महाविद्यालय तेघरी कैलाली र विद्याभुषण पब्लिक स्कुल मोहनपुर गेटा कैलाली छन् । त्यसैगरी सत्यवती एकेडेमी अत्तरिया कैलाली, होलिल्यान्ड सेकेन्डरी स्कुल अत्तरिया कैलाली,  शारदा सरस्वती मावि दोधारा चाँदनी कञ्चनपुर, हिमालयन व्हाईट हाउस वर्ल्ड स्कुल काठमाडौँ र नेक्सस इन्टरनेसनल एकेडेमी काठमाडौँले पनि सहभागिता जनाउने छन् । 

news


लिग कम नक आउट फरम्याटमा खेलाइने प्रतियोगितामा १० टिमलाई २ पोलमा विभाजन गरेर प्रत्येक टिमले लिग चरणका ४ खेल खेल्न पाउने छन् । प्रत्येक टिममा १९ वर्षमुनिका ४ जना खेलाडी राख्न पाइनेछ । प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई २० हजार, उत्कृष्ट बलरलाई १० हजार, उत्कृष्ट ब्याट्सम्यानलाई १० हजार र उदीयमान खेलाडीलाई १० हजार प्रदान गरिने प्रतियोगिताका संयोजक भूपीसिंह धामीले बताए । त्यस्तै आसन्न संस्करणबाट प्रतियोगितालाई थप रोमाञ्चक बनाउन प्लेयर अफ द म्याच, गेम चेन्जर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडीलाई समेत अवार्ड प्रदान गरिने छ ।

newsnewsnewsnewsnews


सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा