खेलकुद
September 27, 7:25
डोटी / सुदुरपश्चिम प्रदेशमा स्तरीय पुरुष भलिबल प्रतियोगिताको लागी डोटी जिल्लाबाट भलिबल खेलाडी छनोट भएको छ । आज जिल्ला सदरमुकाम सिलगढीमा रहेको टुडिखेलमा खेलाडी छनोट गरिएको हो ।
जिल्लाका ९ वटै स्थानिय तहबाट २६ खेलाडी सहभागी रहेको खेलकुद समिति डोटीका अध्यक्ष नरेश मलासीले बताउनुभयो । अपेक्षा गरे अनुसारको खेलाडीको सहभागिता नरेको उहाले बताउनु भयो । जिल्लाको नाम इज्जत राख्ने गरी टिम छनोट होस् भनेर… विस्तृतमा
September 25, 11:29
काठमाण्डाै - इन्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा गएराति भएको खेलमा चेन्नई सुपर किङ्ग्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरलाई ६ विकेटले हराएको छ ।
यूएईको शारजाहमा बेङ्ग्लोरले दिएको एक सय ५७ रनको लक्ष्य चेन्नईले ११ बल बाँकी छँदै ४ विकेट गुमाएर भेटायो । चेन्नईको जितमा रुतुराज गाइक्वाडले सर्वाधिक ३८ रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले देवदत्त पाडिकलको ७३ र विराट कोहलीको ५३ रन मद्दतमा एक सय… विस्तृतमा
September 23, 5:21
काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेष्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् ।
ललितपुर प्याट्रिओट्सका कप्तान रहेका मल्लले व्यक्तिगत कारणबाट ईपीएल खेल्न नसक्ने भनी क्लबलाई जानकारी गराएका छन् ।
ललितपुर प्याट्रिओट्सले बिहीबार एक विज्ञप्ति जारी गरी कप्तान मल्लले क्लबका सिईओ निरज कोइरालालाई इमेल लेखी आफूले यो संस्करणको ईपीएल खेल्न नसक्ने जानकारी गराएका छन् ।
ईपीएल असोज ९… विस्तृतमा
September 23, 3:38
काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि उज्वेकिस्तान पुगेका नेपाली राष्ट्रिय महिला फुटबल टोली आज स्वदेश फर्किएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पदाधिकारीले उक्त टोलीलाई स्वागत गरेका थिए । प्रतियोगितामा समूह ‘एफ’मा रहेको नेपाल समूह चरणबाट बाहिरिएको थियो । दोस्रो चरणमा गत मङ्गलबार भएको खेलमा नेपाल हङकङसँग गोलरहित बराबर भएपछि समूह चरणबाटै बाहिरिएको हो ।
नेपालले छनोट चरणमा दुई खेल… विस्तृतमा
September 17, 9:53
१ असोज - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले आज अमेरिकासँग दोस्रो खेल खेल्दैछ ।
नेपाल र अमेरिकाबीचको खेल मस्कटस्थित अल अमरेत क्रिकेट मैदानमा दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
सिरिजको पहिलो खेलमै नेपालले अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो । त्यस यता नेपाल ओमानसँग पाँच विकेटले पराजित भयो । बिहीबारको पछिल्लो खेलमा ओमानले अमेरिकालाई ४ विकेटले हरायो ।… विस्तृतमा
September 16, 9:40
धनगढी - काठमाडौँमा जारी ‘सी’ डिभिजन छनोट खेलमा कैलालीको एक्लो क्लबको रूपमा सहभागिता जनाएको हिमालयन युवा क्लबले विजयी सुरुवात गरेको छ । काठमाडौँमा आज भएको खेलमा भरतपुर एफसी लाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो । क्लबले अब आफ्नो दोस्रो खेल शनिवार दिउसो साढे ३ बजे मनमाइजु क्लबसँग खेल्ने छ ।
यो पनि पढ्नुहोस्
बाढीको कहरमा हुर्किएको फुटबल : जहाँ खेलाडी र मैदानको सम्पर्क डुङ्गाले… विस्तृतमा
September 14, 9:07
ओपनर कुशल भुर्तेल र रोहित पौडेलको अर्शतक मद्दतमा नेपालले आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्क सिरिजको पहिलो खेलमा अमेरिकामाथि शानदार जित हात पारेको छ । ओमान, नेपाल र अमेरिका सहभागि सिरिजको पहिलो खेलमा नेपालले सोमबार अमेरिकालाई ५ विकेटले पराजित गरेको हो ।
अमेरिकाले दिएको २३१ रनको लक्ष्य नेपालले ४९ ओभर खेल्दै ५ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा कुशल भुर्तेलले सर्वाधिक ८४ रन… विस्तृतमा
September 13, 11:04
आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालका ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेलले अर्धशतक प्रहार गरेर आउट भएका छन्।
ओमानमा जारी खेलमा कुशलले ६७ बलमा अर्धशतक पूरा गर्ने क्रममा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनी ८४ रन बनाएर खेलिरहदा अमेरिकाका निषर्ग पटेलको एलबिडब्लूको धरापमा परे। उनले ९३ बलमा समान ३ चौका र ३ छक्का प्रहार गरे। नेपाल अहिले अमेरिकाले दिएको २३१ रनको लक्ष्य पछ्याउँदै… विस्तृतमा
September 12, 10:01
काठमाडाैं । पहिलो मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।
२७ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल आज खेल्दैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे सुरु हुनेछ ।
दुवै टोली अहिले महिला एसियन कप छनोटको तयारीमा छन् । त्यसैका लागि दुई वटा मैत्रीपूर्ण खेल आयोजना गरिएको हो । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा… विस्तृतमा
September 05, 7:03
धनगढी
आगामी माग अन्तिम साताबाट धनगढीमा आयोजना हुने विद्यालय स्तरको राष्ट्रिय क्रिकेट प्रतियोगिता ‘लिटल फ्लावर प्रिमियर लिग ६’ को हस्पिटल पार्टनरका रूपमा सारथि अस्पताल प्रा.लि. धनगढी रहने भएको छ । आयोजक लिटल फ्लावर स्पोटर्स एन्ड इभेन्टस् र सारथि अस्पताल प्रा.लि. धनगढी बिच आज उक्त सम्झौता भएको हो ।
धनगढीमा आयोजना गरिएको पत्रकार सम्मेलनमा अस्पतालका तर्फबाट सञ्चालक डा. नीरज पन्त र आयोजकका तर्फबाट… विस्तृतमा
September 03, 5:42
कैलालीको धनगढीमा आगामी माघ अन्तिम सातादेखि हुने लिटिल फ्लावर प्रिमियर लिग (एलपिएल) को छैठौं संस्करणमा सहभागी टोलीहरुको नाम सार्वजनिक गरिएको छ । लिटिल फ्लावर स्पोर्टस एण्ड ईभेन्ट र लिटिल फ्लावर बोर्डिङ स्कुलको आयोजनामा धनगढीमा आयोजना हुदैं आएको प्रतियोगिताको छैठौं संस्करणमा सहभागी १० वटा विद्यालयको टोलीको नाम प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिएको हो ।
विद्यालयको टोलीमा ९ जना राष्ट्रिय टीमका १९… विस्तृतमा
August 29, 6:55
धनगढी -
क्रिकेटको सहरका रूपमा परिचित धनगढीमा सञ्चालन हुँदै आएको विद्यालय स्तरीय यु–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिता लिटल फ्लावर प्रिमियर लिगको छैटौँ संस्करण घोषणा गरिएको छ । आयोजक लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सले आज धनगढीमा पत्रकारसम्मेलनको आयोजना गर्दै प्रतियोगिताको आगामी संस्करण धनगढीमा माघ अन्तिम साताबाट सञ्चालन हुने घोषण गरेको हो । लिटल फ्लावर स्पोस्टर्स एन्ड इभेन्ट्सका अध्यक्ष… विस्तृतमा
August 28, 6:01
भजनी –
कैलालीको भजनी नगरपालिका वडा नम्बर ५ अधिकांश समयमा बाढीको चपेटामा पर्ने क्षेत्र हो । साबिकको लालवोझी गाविस र अहिलेको वडा नम्बर ५ मा बर्सेनि बाढीले वितण्डा मच्चाउँदै आएको छ । प्रत्येक वर्ष आउने बाढीले यस क्षेत्रमा क्षति गर्ने गर्छ । हरेक बर्षातामा पुरै गाउँ डुवानमा पर्ने हुँदा धनजनको क्षति पनि हुने गरेको छ । बर्षात नजिकिदै जाँदा स्थानीय वासिन्दाहरुमा चिन्ता र दुःखले पिरोल्ने गरेको छ ।… विस्तृतमा
August 14, 4:53
धनगढीमा हुने लिटल फ्लावर प्रीमियर लिग ६ ( विद्यालय स्तरीय यु–१९ टी–२० क्रीकेट प्रतियोगिता २०७८)को तयारी सुरु भएकोे आयोजकले जनाएको छ ।
तयारी सुरु भए संगै प्रतियोगिताको एजुकेशन पनर्टनर प्रायोजकको टुङ्गो
लागेको छ ।
प्रतियोगितामा एजुकेशन पार्टनरको रुपमा कैलालीको लम्कीमा रहेको कैलाली गुरुकुल इङलिस मिडियम हाईस्कुल प्रतियोगितामा जोडीएको हो ।
स्कुल क्रीकेट तथा लिटल फ्लावर प्रीमियर लिगलाई सहयोग गर्ने… विस्तृतमा
August 06, 3:58
झन्डै १० वर्ष नेपाली राष्ट्रिय टोलीको कप्तानी सम्हालेका पारसले २०७६ असोज २८ गते कप्तानबाट राजीनामा दिएका थिए । पारसले सन् २००४ मा मलेसियाविरुद्ध राष्ट्रिय टोलीबाट पहिलो पटक खेलेका थिए । सन् २००९ मा विनोद दासलाई प्रतिस्थापन गरी नेपाली टोलीको कप्तानी सम्हालेका थिए । १० वर्षको बीचमा नेपाली क्रिकेटले देखेको सबैखाले सपना साकार पार्ने समूहको नेतृत्व पारसले गरे । उनी नेपाली क्रिकेटमा अहिलेसम्मकै… विस्तृतमा