खेलकुद
October 28, 10:37
काठमाडौँ । सोमबारदेखि सुरु हुन लागेको टी–२० विश्वकप एसिया क्षेत्र छनोट प्रतियोगिताका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टिममा पूर्वकप्तान सन्दीप लामिछाने फर्किएका छन् । उनले शुक्रबार सम्पन्न त्रिकोणात्मक टी–२० सिरिज खेलेका थिएनन् । सन्दीपले सिरिज सुरु हुनुभन्दा केही दिनअघि व्यक्तिगत कारण टिमबाट… विस्तृतमा
October 27, 11:42
काठमाडौं । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे फाइनलमा यूएईसँगकाे खेलमा नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरकाे त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङकाे निम्ताे पाएकाे नेपालका लागि भुर्तेलले २८ बलमा अर्धशतक बनाएर आउट भए । उनले ३ छक्का र ६ चाैका प्रहार गरे । ताजा अवस्थामा नेपालले ७ ओभर ३ बलमा ३ विकेट गुमाएर ६८ रन बनाएकाे छ । यसअघि नेपालका आसिफ शेख ७ र… विस्तृतमा
October 27, 10:53
१० कात्तिक, काठमाडौं । त्रिकोणात्मक टी-२०आई शृङ्खलाको फाइनलमा नेपालले यूएईविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ ।
टीयू मैदानमा यूएईले टस जितेर फिल्डिङ रोज्दै नेपाललाई पहिले ब्याटिङको निम्तो दिएको हो ।
नेपालले यसअघि लिग चरणमा चारवटै खेल जित्दै अपराजित रहेर फाइनल पुगेको थियो । युएई भने नेपालसँगको दुवै खेलमा पराजित भएको थियो । तर, हङकङसँग समान अंक भए पनि नेट रनरेटमा अगाडि रहेर फाइनल पुगेको हो ।… विस्तृतमा
October 21, 12:27
काठमाडौं । काठमाडौंमा जारी त्रिकोणात्मक टी-२० श्रृखलाअन्तर्गत हङकङविरुद्धको खेलमा कुशल मल्लले अर्धशतक प्रहार गरेका छन् ।
नेपालले खराब सुरुआत गरेका बेला पाँचौ नम्बरमा आएका मल्लले ३० बलमा ५ छक्का र २ चौका मद्दतमा ५४ रन बनाएर खेलिरहेका छन् ।
यसअघि नेपालले ५५ रन जोड्दा ४ विकेट गुमाएको थियो । त्यसपछि मल्ल र दीपेन्द्रले नेपालको इनिङ सम्हाल्दै उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।
October 17, 1:32
धनगढी । धनगढीमा आगामी मङ्सिर ९ गते देखि २३ गते सम्म हुने लिटल फ्लावर प्रीमियर लिगको आठौ संस्करका लागी शुक्लाफाटा ब्ल्याक बक्स फाउन्डेसन र ऐर फिट्नेस क्लबसङ बिच सम्झौता गरेको छ ।
सम्झौता अनुसार ऐर फिट्नेस कल्बले स्ट्रेन्थ एन्ड कन्डिसनिङका लागि कार्तिक १ गते देखि मङ्सिर ३० गते सम्म दुई महिनाकालागि सुबिधा प्रदान गर्ने छ ।
सम्झौता पत्रमा ए.एफ.सिका तर्फबाट क्लबका संचालक श्री सुरेन्द्र ऐरले आगामी… विस्तृतमा
October 11, 12:33
काठमाडौं । नेपालले भोलि लोओसविरुद्ध खेल्दै विश्वकप छनोटको यात्रा सुरु गर्नेछ । यसका लागि नेपाली टिम तयार रहेको प्रशिक्षक र कप्तान दुबैले बताएका छन् ।
नेपाल र लाओसबीचको खेल भोलि साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।
खेलको अघिल्लो दिन आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसेले यो खेल आफ्ना लागि पनि अवसर भएको बताए । उनले अघि भने, ‘यो मरो पनि पहिलो विश्वकप छनोट… विस्तृतमा
October 11, 11:23
डडेल्धुरा / डडेल्धुराको परशुराम नगरपालिकामा नगरस्तरिय क्रिकेट प्रतियोगिता हुने भएको छ। कटाल क्रिकेट क्लब र विष्णु सेक्युरिटी सर्भिस प्रालिको स्रंयुक्त आयोजनामा परशुराम नगरपालिका ४ मा क्रिकेट प्रतियोगिता हुन लागेको हो।
असोज २९ बाट हुने प्रतियोगिताका खेलहरू पोखरी खेल मैदानमा हुने आयोजकले जनाएको छ। स्व नारयण कठायतको स्मृतिमा पहिलो पटक क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको आयोजकले जनाएको छ।… विस्तृतमा
October 10, 11:19
एकेन्द्र चन्द /डोटी / डोटीको बडिकेदार गाउँपालिका वडा नम्बर ४ रनुकाडामा दशैको अबसरमा कार्तिक ९ गते देखि गाउँपालिका स्तरीय दोस्रो रनुकाडा टि- २० क्रीकेट प्रतियोगिता हुने भएको छ ।
बडिकेदार गाउँपालिका शिक्षा युबा तथा खेलकुद शाखा र बडिकेदार गाउँपालिका वडा नम्बर ४ को आर्थिक सहयोगमा क्रीकेट प्रतियोगिता हुन लागेको हो । रनुकाडा युवा क्लबका अध्यक्ष विशाल ताडिका अनुसार प्रतियोगिताको बिजेताले १२ हजार ५ सय… विस्तृतमा
October 07, 2:07
काठमाण्डौ । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।
आज बिहान भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।
निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो । समूह चरणमा… विस्तृतमा
October 04, 5:43
धनगढी / धनगढीमा हुने एलपिएल ८ औं संस्करणको लजिङ्ग पार्टनरमा होटल डोईली रेस्टुरेन्ट एण्ड लज जोडिएको छ।
यहि मङ्सिर ९ गते देखि २३ गते सम्म धनगढी स्थित फाप्ला क्रीकेट मैदानमा आयोजना हुने आठौं संस्करणको लिटल फ्लावर प्रीमियर लिग सिनियर क्रीकेट प्रतियोगिताको लजिङ्ग पार्टनरको रुपमा होटल डोईली जोडिएको हो ।
सम्झौता पत्रमा लिटल फ्लावर स्पोर्ट्स क्लबका अध्यक्ष रामचन्द्र शाही र होटल डोईली रेस्टुरेन्ट एण्ड… विस्तृतमा
October 03, 10:03
काठमाडौँ । चीनको हाङजाओमा जारी १९औं एसियन गेम्सअन्तर्गत टी(२० क्रिकेटको पहिलो क्वार्टरफाइनल खेलमा भारतले नेपाललाई २०३ रनको लक्ष्य दिएको छ ।
झेझियाङ युनिर्भसिटी अफ टेक्नोलोजी क्रिकेट फिल्डमा टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय रनको योगफल तयार पारेको हो।
भारतका शिवम दुबे २५ र रिंकु सिंह ३५ रनमा नटआउट रहे। दुवेले १९ बलमा २ चौका र १ छक्का हाने। १४ बलको सामना… विस्तृतमा
September 30, 9:41
डोटी । खप्तड रंगशाला राजपुरमा आयोजित मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी सूजङ्ग स्कूलले लिएको छ। शनिबार प्रतियोगितामा सूजङ्ग स्कूलले सूजङ्ग अस्पताललाई ६ विकेटले पराजित गरेको हो । खेलमा टस जितेर ब्याटिङ गरेको अस्पताल टिमले निर्धारित १५ ओभरमा ९० रनको लक्ष्य बनायो। ९० रनको लक्ष्य पाएको स्कूल टिमले ८ ओभरमा लक्ष्य पार गर्दै ६ विकेटको रक्षासहित जित निकालेको हो ।
सूजङ्ग स्कूलका लागि खगेन्द्र थापाले… विस्तृतमा
September 27, 11:33
काठमाडौं । १९औं एसियाली खेलकुदमा नेपालले नवप्रवेशी मंगोलियामाथि जित हात पार्दा कीर्तिमान नै कीर्तिमान बनाएको छ ।
चीनको हानझाउस्थित जेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको थियो । २० ओभरमा तीन विकेट गुमाएर ३१४ रन बनाएको नेपालले मंगोलियालाई १३.१ ओभरमा ४१ रनमा अलआउट गर्यो ।
यसक्रममा नेपालले टी-२० आई क्रिकेटमा कम्तिमा ७ वटा रेकर्ड बनाएको छ ।
१. कीर्तिमानी स्कोर… विस्तृतमा
September 26, 5:11
काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।
यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ ।
अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ ।… विस्तृतमा
September 25, 4:44
मालदिभ्समाथि सानदार जित निकाल्दै घरेलु टोली नेपाल साफ यू १९ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको समुह ए को अन्तिम खेलमा मालदिभ्सलाई ४–१ गोल अन्तरले पराजित गर्दै घरेलु टोलीले अन्तिम चारमा स्थान बनाएको हो।
योसँगै समूह ए बाट पाकिस्तान समूह विजेता र नेपाल उपविजेता बन्दै अन्तिम चारमा पुगेका हुन्।
सेमिफाइनलमा नेपालले भारत र भुटानबीच एक टोलीसँग… विस्तृतमा