एसियाली खेलकुदको महिला भलिबलः नेपालले मङ्गोलियालाई हरायो

October 07, 2:07

काठमाण्डौ । १९औँ एसियाली खेलकुदको महिला भलिबलमा नेपालले मङ्गोलियालाई हराउँदै ११औँ स्थान हासिल गरेको छ ।

आज बिहान भएको खेलमा नेपालले मङ्गोलियालाई ३–२ को सेटमा हरायो । नेपालले पहिलो सेट १७–२५ ले गुमाएको थियो । त्यसपछि दोस्रो र तेस्रो सेट २५–१८, र २५–२१ ले जितेको थियो । तर, चौथो सेट नेपालले १८–२५ गुमाएपछि खेल पाँचौँ सेटमा पुग्यो ।

निर्णायक तथा पाँचौँ सेट नेपालले १५–१२ ले जित्यो । समूह चरणमा भियतनाम र दक्षिण कोरियासँग हारेको नेपाल नवौँदेखि १२औँ स्थानको प्ले अफमा भारतसँग ३–१ को सेटमा तथा हङकङसँग ३–० को सेटमा पराजित भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा गर्दै
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा