यू-१९ विश्वकपमा नेपाल, न्युजिल्याण्ड, अफगानस्तान र पाकिस्तानको समूहमा (तालिका सहित)

September 26, 5:11

काठमडौं । आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल, न्युजिल्याण्ड, अफगानिस्तान र पाकिस्तानसहितको समूह डीमा परेको छ ।

यो समूहको शीर्ष ३ मा पर्नसकेमा नेपालले समूह एमा रहेका बंगलादेश, भारत, आयरल्याड र अमेरिका मध्येका २ टिमसँग सुपर सिक्सको समूह चरण खेल्न पाउने छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले सार्वजनिक गरेको खेल तालिका अनुसार नेपालले आफ्नो पहिलो खेल १३ जनवरीमा न्युजिल्याण्डसँग खेल्ने छ ।

श्रीलंकामा हुने प्रतियोगितामा नेपालले आफ्नो दोश्रो खेल १७ जनवरीमा पाकिस्तानसँग र समूह चरणको अन्तिम खेल २० जनवरीमा अफगानिस्तानसँग हुने छ ।

गत फेब्रुअरी मार्चमा यूएईमा भएको छनोट प्रतियोगिता जित्दै नेपाल यू १९ विश्वकमा चयन भएको थियो ।

यू–१९ विश्वकप क्रिकेटमामा सहभागी १६ टिमलाई चार चार वटा टिमको चार वटै समूहमा विभाजन गरिएको छ । समूह चरणमा शीर्ष ३ मा पर्ने टिमले अर्को समूहका शीर्ष ३ मा पर्ने २ टिमसँग सुपर सिक्स खेल्ने छ । समूह एका टिमले डीसँग तथा समूह बीका टिमले समूह सीका टिमसँग सुपर सिक्स खेल्ने छन् ।

२ समूहका सुपर सिक्सका शीर्ष २ टोली सेमिफाइनलमा पुग्ने छन् । समूह चरणको पुछारमा रहने टोलीले भने वरीयताका लागि अर्को समूहको पुछारकै टोलीसँग खेल्ने छन् ।

हेर्नुहोस् खेल तालिका :

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा