कैलालीमा आज यस बर्षकै न्युन तापक्रम मापन, अझै केहिदिन चिसो बढ्ने

Cool
Cool
December 27, 3:30

अत्तरिया – कैलालीमा शुक्रबारको न्युनतम तापक्रम ६ डिग्री सेल्सियसम्म मापन गरिएको छ । जुन यस बर्ष मापन गरिएका सबैभन्दा कम तापक्रम हो । जल तथा मौसम फिल्ड कार्यालय अत्तरियाका अनुसार यसअघि पुस ५ गते ६ दशमलव ६ डिग्री सेल्सियसम्म न्युनतम तापक्रम मापन गरिएको थियो ।

शुक्रबार बिहान पौने ६ बजे डडेलधुराको १ दशमलव ७ र दिपायलको ३ दशमलव ५ डिग्री सेल्सियसम्म मापन गरिएको छ । यस्तै काठमाण्डौको तापक्रम १ दशमलव ५ डिग्री र जुम्लाको माइनस ७ डिग्री, दोलखाको जिरीको माइनस ३ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ ।

तर तराईका कतिपय क्षेत्रको अधिकतम र न्यूनतम तापक्रम भने थोरै मात्र घटबढ भएकाले जाडो धेरै महसुस भएको मौसमविद् बताएका छन । यसैबिच तराईमा अझै केही दिन चिसो बढ्ने मौसमविद्ले बताएका छन् । केही दिनदेखि लागिरहेको हुस्सु शुक्रबार दिनैभरि हट्ने सम्भावना नरहेकाले चिसो बढ्ने मौसम पुर्वानुमान महाशाखाका मौसमविद् विभूति पोख्रेलले जानकारी दिए ।

उनले गएको बुधबार र बिहीबार बिहान लागेको हुस्सु दिउँसो केहीबेर हटे पनि आज भने दिनभर नै हुस्सु लाग्ने बताए । पानी पार्ने वायुको प्रणाली नदेखिएसम्म तराई क्षेत्रमा कुहिरो हट्ने सम्भावना नभएको उनले बताए देशका पहाडी भेगमा बिहान लागेको कुहिरो दिउँसो बिस्तारै हट्ने भए पनि पूर्णरुपमा घाम लाग्ने सम्भावना भने छैन ।

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा