बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय बन्द

January 31, 8:35

धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ । भाइरल ज्वरो र रुखाखोकीले बालबालिकाहरू विरामी पर्न थालेपछि रुडीस्थित माझपाटा आधारभुत विद्यालय बन्द गरिएको छ । 

विद्यालयका प्रधानाध्यापक दानबहादुर धामीका अनुसार विद्यालय ब्यवस्थापन समितिको बैठक गरेर सोमबारदेखि माघ १९ गतेसम्म चार दिन विद्यालय बन्द गरिएको सुचना टाँस गरेको छ । उक्त विद्यालयमा एकपछि अर्को विद्यार्थी धमाधम विरामी पर्न थालेपछि संक्रमण फैलिन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक धामीको भनाइ छ ।

स्थानीयका अनुसार एक साताअघि स्वामीकार्तिक गाउँपालिकाकै जुकोटमा रहेको शम्भुसुनन्दा माध्यमिक विद्यालयमा पनि भाइरल ज्वरोको प्रकोप देखिएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले जिल्लामा कुनै जानकारी नगराएको बताए । स्वामीकार्तिक खापर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख पारस शाहीले संक्रमण प्रभावको अवस्था बुझ्ने क्रममा रहेको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा
शारदा स्कुल धनगढीमा पाँच लाखको अक्षयकोष स्थापना
धनगढी / ललितबहादुर शाहीको परिवारले उनको नाममा पाँच लाखको अक्षयकोष स्थापना गरेको छ। धनगढी… विस्तृतमा