कैलालीको वनवेहडा स्थित अमर माविमा आगामी माघ ११ गतेदेखि महायज्ञ सञ्चालन हुने 

Mayazyan
Mayazyan
December 29, 4:57

कैलाली, पौष १३ - 
कैलालीको गौरीगंगा नगरपालिका ६ वनवेहडामा रहेको अमर माध्यमिक विद्यालयमा आगामी माघ ११ गतेदेखि १८ गतेसम्म विराट सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । 
२०२६ सालमा स्थापना भएको विद्यालयको शैक्षिक तथा भौतिक विकासका लागि महायज्ञ सञ्चालन गर्न लागिएको हो । 
विद्यालय स्थापनाको ५० वर्ष पुगेको उपलक्षमा स्वर्ण जयन्तीसहित महायज्ञ सञ्चालन गर्न लागिएको सोही विद्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा मूल आयोजक समितिले जानकारी दिएको छ । 
साथै आज मूल ¥याली निकालेर गाउँ परिक्रमा समेत गरिएको थियो । 
मूल आयोजक समितिका संयोजक समाजसेवी वीर बहादुर शाहले विद्यालयलाई १२ सम्म सञ्चालन गर्नुपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएकाले  विद्यालयको भौतिक पूर्वाधार निर्माण सँगै शैक्षिक विकासका लागि महायज्ञ  सञ्चालन गर्न लागिएको बताए । 
पत्रकार सम्मेलनमा मूल आयोजक समितिका उप–संयोजक पुरन सिंह कडायतले यस क्षेत्रकै पुरो विद्यालय भएकाले उच्च शिक्षा तथा प्राविधिक शिक्षाका लागि बाहिर जानुपर्ने बाध्यतालाई कम गर्न महायज्ञ महत्त्वपूर्ण हुने बताए । 
विद्यालयका प्रधानाध्यापक उजिर सिंह कुँवरले खरिद गरिएको विद्यालयको जमिनको रकम समेत केही तिर्न बाँकी रहेकोले उक्त रकम मिनाहा सँगै विद्यालयको शैक्षिक विकासमा महायज्ञ महत्त्वपूर्ण हुने बताउनु भयो । 
यस अघि विद्यालयको जमिन खरिदका लागि रानीफाँटा सामुदायिक बनले ११ लाख ११ हजार १ सय ११ रकम सहयोग गरेको थियो । त्यस्तै नवदुर्गा सामुदायिक बनले १० लाख र भैरव महिला सामुदायिक बनले १ लाख  सहयोग गरेको थियो । 
आज पत्रकार सम्मेलनमा महायज्ञ सञ्चालनको सहयोगार्थ वडा नम्बर ६ का अध्यक्ष कमला शर्माले मूल आयोजक समितिलाई एक लाख ५१ हजारको चेक हस्तान्तरण गर्नु भयो । 

Sahayog


अमर माध्यमिक विद्यालयमा हाल १० सम्मको पढाई हुँदै आएको छ । 
महायज्ञ सञ्चालनका लागि ११ वटा उप समिति गठन गरिएका छन् । जसमा प्रचार प्रसार उप समितिको संयोजकमा चक्र बोगटी, कलश संरक्षण तथा व्यवस्थापन उप समिति संयोजक सिद्ध राज जोशी, सङ्घ संस्था समन्वय उप समितिको संयोजकमा दान बहादुर कुँवर, राजनीतिक दल समन्वय उप समितिका संयोजक कृष्ण प्रसाद ओझा तोकिएका छन् । त्यस्तै आर्थिक सङ्कलन उप समितिको संयोजक हेमराज सुवेदी, स्वयंसेवक परिचालन उप समितिको संयोजकमा बहादुर खड्का, मण्डप निर्माण उप समिति संयोजकमा तुलसीराम चौधरी, वडा, गाउँपालिका, नगरपालिका समन्वय उप समिति संयोजक ६ नम्बर वडाध्यक्ष कमला शर्मा, सरसफाइ उप समिति संयोजकमा रामविलाश चौधरी, योग उप समिति संयोजकमा खगेन्द्र प्रसाद जोशी र सूचना तथा सञ्चार उप समितिको जिम्मेवारी सुरत रावत ‘डोटेली कान्छा’लाई दिइएको छ । 
महायज्ञमा सु–प्रसिद्ध नव युवा कथा वाचक अमृत शरण देवाचार्यलेसंगितमय तथा लिलामय श्रीमद्भागवत कथा वाचन गर्ने मूल आयोजक समितिले जनाएको छ । 
महायज्ञको माघ ११ बिहान शान्तिकलश यात्रा गरी दिउँसो १ बजे उद्घाटन गरिने छ । महायज्ञ सञ्चालनका लागि २० लाख खर्च लाग्ने अनुमान र ४८ लाख आम्दानी अपेक्षा गरिएको छ । 
 

Mahayazyna

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा