एसपिएका विद्यार्थीद्धारा खाजा खर्चको पैसा बचाएर स्कुलमा सहयोग
January 07, 7:17
धनगढी । सुदुरश्चिमाञ्चल एकेडेमी (एसपिए) मा कक्षा १२ का मानविकी संकायमा अध्यनरत विद्यार्थीहरुले जाडोको पञ्जा र मोजा बितरण गरेका छन् ।
धनगढी उपमहानगरपालिका वडा नं २ मा रहेको नवदुर्गा माध्यमिक विद्यालयका कक्षा १ र २ का ससाना विद्यार्थीहरुलाई उक्त पञ्जा र मोजा बितरण गरेका छन्।
शैक्षीक सत्र २०७६ को वार्षिक खेलको पहिलो दिनको मौका पार्दै सोमबारका दिन उक्त सामाग्री प्रदान गरिएको हो। आफ्नो १ दिनको खाजा खर्च बचाई सामाजमा भलो होस् र न्यानो छेक्न सानो सहयोग होस् भन्ने उदश्यले उक्त योजना बनाइएको मानविकी संकायका अध्यनरत कलेज क्याप्टेन स्यामुल न्यौपाने बताउनुभयो । ।
समारोहमा एकेडेमीका परिक्षा संयोजक तथा ग्रामिण विषयका उप प्राध्यापक टंक प्रसाद जोशीले स्कुलका प्राचार्य लाइ पन्जा र मोजा हस्तान्तरण गर्नु भएको थियो।
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:55
October 01, 1:53
February 19, 6:21
February 19, 3:28
February 15, 10:45
March 18, 6:45
February 04, 6:19
March 25, 9:30
February 18, 6:44
सम्बन्धित वर्गका समाचारहरू
January 31, 8:35
धनगढी / बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
January 30, 4:21
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा