कोरोनाको संवेदनशीलताका लागि धनगढीका विद्यालय बन्द 

Bida
Bida
March 06, 2:20

धनगढी, २३ फागुन – धनगढी उप–महानगरपालिकाले कोरोना भाइरस (कोभिड १९) को संवेलनशिलताका लागि विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।
शुक्रवार बिहान धनगढी उप–महानगरपालिकामा बसेको नगरशिक्षा समिति, शिक्षक संघ, संगठन, प्याप्सन, एनप्याप्सन र अन्य सरोकारवालाहरुको बैठकल उप–महानगरपालिका अन्तरगत संचालित सामुदायीक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना प्रकाशित नभएसम्मका लागि मिति २०७६ फागुन २५ गते देखि लागु हुने गरी बन्द गर्ने निर्णय गरेको विज्ञप्तीद्धारा जानकारी गराएको छ । 
‘छिमेकी देश भारतको नजिकका शहरहरुमा कोरोना भाइरसका बिरामी देखिन थालेका छन् ।’ धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले भने, ‘त्यसैले विद्यालय बन्द गर्ने निर्णय संवेदनशीलताका लागि गरिएको ब्यहोरा सम्पूर्ण शिक्षक, विद्यार्थी अभिभावक र आम नगरवासिमा जानकारी गराउँछु ।’
माथीबाट चैत ६ गते भित्र कक्षा ९ सम्मको परीक्षा सम्पन्न गरिसक्ने भन्ने जानकारी आएको भए पनि हतारमा गर्नुभन्दा ढिलो गरि परीक्षा गर्ने सहमती भएको छलफलमा सहभागि शिक्षकहरुले बताएका छन् । त्यसैगरी धनगढी उप–महानगरपालिकाले कोरोना स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले साथीभाईहरु संग भेटघाट हुँदा हात नमिलाउन, दुईमिटर टाढा नै बस्न, मास्क लगाउन, साबुन पानीले कुहिना सम्म हात सफागर्न, केहि दिनलाई पुग्नेगरी घरमा खाद्यान्नको जोहो मिलाएर राख्न अनुरोध गरिएको छ ।
कोरोना भाईरसको सम्वेदनशिलताका लागि धनगढी उप–महानगरपालिका क्षेत्रभित्र कुनैपनि किसिमका बार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडाभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न पनि धनगढी उप–महानगरपालिकाले आनुरोध गरेको छ ।

Press Release

 

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम…
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव…
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा