धनगढीका बिधालयलाई वार्षिक परीक्षा संचालन गर्न उपमहानगरको निर्देशन

Dhamgadhi
Dhamgadhi
March 07, 6:13

धनगढी, २४ फागुन – कोरोना भाइरसको संक्रमण फैलिन नदिन भन्दै कैलालीको धनगढी उपमहानगरपालिकाले आइतवारदेखि सबै विद्यालय बन्द गर्ने भनेर गरेको निर्णय शनिवार फिर्ता लिएको छ । उपमहानगरपालिकाले शिक्षा सरोकारवालासँग बैठक गरेर विद्यालय बन्द गर्ने निर्णय लिएकोमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको पत्रानुसार १–९ कक्षाको वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्नुपर्ने भएकाले सोही अनुसार गर्न धनगढी उपमहानगरले मातहतका विद्यालयलाई अर्काे निर्देशन दिएको छ । शुक्रवारको सूचनालाई फिर्ता लिँदै धनगढी उपमहानगरले शनिवार अर्काे सूचना जारी गर्दै यथाशीघ्र परीक्षा सम्पन्न गर्न निर्देशन दिएको छ । शनिवार जारी सूचनामा लेखिएको छ, ‘सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरू यथावत रुपमा सञ्चालन गरी कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा यथाशीघ्र सञ्चालन गरी मिति २०७६ चैत ५ गतेभित्र सम्पन्न गरिसक्नुपर्ने निर्णय भएकोले सो अनुसार गर्न गराउन हुन सम्बन्धित सबै सरोकारवालाहरूको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको व्यहोरा अनुरोध छ ।’

सम्बन्धित वर्गका समाचारहरू

बाजुराको स्वामीकार्तिकमा भाइरल ज्वरोको प्रकोप बढेपछि विद्यालय…
धनगढी /  बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका विभिन्न गाउँमा भाइरल ज्वरो र रुखाखोकी फैलिएको छ… विस्तृतमा
विद्यार्थीलाई प्रविधिमा प्रेरित गर्न चैतन्य स्टिम वर्कसप
धनगढी । विद्यार्थीलाई विज्ञान तथा प्रविधिबारे जानकारी दिन र त्यस क्षेत्रमा अभिप्रेरित गर्नका लागि… विस्तृतमा
वनविज्ञान पढ्ने विद्यार्थीलाई प्रयोगात्मक सामग्री अभाव
कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका-११ अमरपुरमा रहेको सरस्वती माध्यमिक विद्यालयमा सञ्चालन भइरहेको… विस्तृतमा
कृष्ण बैजनाथ बहुमुखी क्याम्पसलाई सुदूरपश्चिम प्रदेशको आङ्गिक…
कञ्चनपुर । परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले शुक्लाफाँटा नगरपालिका–१० झलारीस्थित कृष्ण बैजनाथ… विस्तृतमा