यौन दुराचारको आरोप लागेका सांसद अक्कल रावललाई थप ७ दिन हिरासतमा राखिने 

Akkal Rawol
Akkal Rawol
March 09, 6:52

धनगढी, फागुन २६ – यौन दुराचारको आरोप लागेका सुदूरपश्चिम प्रदेश सभाका सदस्य अक्कल बहादुर रावललाई थप ७ दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । कैलाली जिल्ला अदालतका न्यायाधीश जयानन्द पनेरुको इजलासले आज दोस्रो पटक ७ दिनको म्याद थप गर्ने आदेश गरेको हो । जिल्ला प्रहरी कार्यालयले १० दिन म्याद थप्न माग गरे पनि सरकारी वकिलको कार्यालयबाट ७ दिनको म्याद थपका लागी सिफारिस भए अनुसार म्याद थप गरिएको हो । 
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्ष कुमार बस्नेतले उनी माथि थप अनुसन्धान गर्नुपर्ने देखिएकाले म्याद थप गरिएको बताए ।  यस अघि गत २२ गते कैलाली जिल्ला अदालतले २१ गतेबाट लागू हुने गरी ४ दिन म्याद थप गरेको थियो । 
अछाम स्थायी घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर–४ उत्तरवेहडीमा डेरा गरी बस्ने एक २५ बर्सिया विवाहित महिलालाई जबरजस्ती करणी गरेको जाहेरीका आधारमा फागुन २१ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो । रावल विरुद्ध माघ २१ गते जबरजस्ती करणी गरेको भन्दै पीडित महिलाले फागुन १४ गते प्रहरी समक्ष जाहेरी दिएकी थिइन् ।
 

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा