नेकपा द्वारा सुर्मा गाउँपालिकामा तालाबन्दी

बझाङ
बझाङ
August 06, 10:13

साउन २२, २०७७ बिहिवार 
दोरेन्द्र खड्का,बझाङ
खानेपानी निमार्णमा गाँउपालिकाले वेवास्ता गरेको भन्दै बझाङको सुर्मा गाँउपालीकाको कार्यालय दौलीचौरमा नेपाल कम्युनिष्ट पार्टी नेकपाले तालावन्दी गरेको छ ।
सडक निमार्णका बेला खानेपानीको मुहान तथा ट्यान्कीमा क्षति भएको र गाँउपालिकाले खानेपानी निमार्णका लागी वेवास्ता गरे पछि स्थानियले सडक अवरुद्ध समेत गरेका थिए ।
बेला बेलामा आफ्ना माग पुरा गर्न आग्रह गरे पनि वेवास्ता गरेका कारण तालाबन्दी गर्नु परेको स्थानिय सुर्य बोहराले बताए । यसै विषयमा छलफल गर्न बुधबार बसेको स्थानियवासी र जनप्रतिनिधि विचको बैठक पनि विना निष्कर्ष टुङगिएको थियो ।

गाँउपालिका अध्यक्षले आफुले खानेपानी बनाउन नसक्ने बताए पछि नेकपाले गाँउपालिकाको कार्यालयमा तालाबन्दी गरेको बताइएको छ।
जनतामुखी भन्दा पनि कार्यकर्तामुखी योजना दिएका कारण तालाबन्दी गर्नु परेको अनेरास्ववियुका जिल्ला कमिटि सदस्य सुवास बोहराले बताए । उनले भने "आफ्ना कार्यकर्ताका लागी ५० हजार देखि माथीका योजना दिने गरेको र समस्या भएका ठाँउमा वेवास्ता गर्दै आएका र समस्या समाधानका लागी छलफल गर्दा जे गर्न सक्छौ गर भनेर ठाडो जवाफ दिने गरेका कारण समस्या उत्पन्न भएको हो।" गाउँपालिकाले आफु अनुकुल कर्मचारी ल्याएर पालीकामा बेतिथि जमाएको स्थानीय हरुले गुनासो गरेका छन। गत वर्षमा पनि नेकपाले योजना बाडफाँडमा एकलौटी भएको गुनासो गरेको थियो।
गाँउपालिकाका अध्यक्षले आफुखुसी योजना बाँडने गरेको र जनताका समस्या जस्ताका त्यस्तै भएका कारण बाध्य भएर तालाबन्दी गर्नु परेको नेकपाका प्रतिनिधिको भनाई छ ।
बेलाबेला पटुरी विसौना र दिपचौरको समस्या लिएर गाँउपालिकामा गएको भए पनि उक्त बिषयमा कुनै सुनुवाई नगरी गैरजिम्वेवारी ढंगको जवाफ दिने गरेको उनिहरुले गुनासो गरे।
सडक निमार्ण गर्दा खानेपानीको मुहान तथा टयाङकीमा क्षतिपुगे पछि विसौना,पटुरी र दिपचौरका करिब ६० घरपरिवारलाई खानेपानीको समस्या भएको छ । एक बर्ष अघि लोमण्ड नाउला र लोमण्ड हुदैँ पटुरी जाने ग्रामिण सडक निमार्ण गर्दा गाँउको खानेपानीको मुहान र पानीको टयाङकीमा क्षति भएको थियो ।
सुर्मा गाँउपालिकाका अध्यक्ष नर बहादुर बोहराले खानेपानी निमार्णका विषयमा गाँउपालिका गम्भीर भएको बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा