जिल्ला रेडक्रस सोसाइटी डोटी शाखा द्वारा शिखर नगरपालिकाका वडाहरुमा बाल्टिन र साबुन वितरण

Doti
Doti
Doti
Doti
September 26, 10:13

२०७७, असोज १० गते शनिबार
चक्र बलायर ,डोटी
शनिबार जिल्ला रेडक्रस सोसाइटी डोटी शाखा द्वारा आयोजित बाल्टिन र साबुन वितरण कार्यक्रममा बोल्दै
विश्व महामारी को रुपमा फैलिरहेको कोरना भाइरससंग जुध्नका लागी सरसफाई पहिलो कुरा रहेको शिखर नगर पालिका नगर प्रमुख सिताराम जोशी ले बताउनु भयो।मानिसमा सबै भन्दा बढी रोगहरु हातबाट सर्ने भएकाले पटक पटक अनिबार्य हातधुनै पर्ने बताउनु भयो।

Doti

डोटी जिल्लाको सबै भन्दा बढी कोरोना प्रभाबित क्षेत्र रहेको शिखर नगरपालीकामा आज कोभिड -१९ वास प्रति कार्य अन्तरगत घरधुरी स्तरमा हातधुने अभ्यासका लागी नेपाल रेडक्रस सोसाइटी पश्चिम् विपद पुर्व तयारी परियोजना डोटी जिल्लाले शिखर नगरपालिका वडा नं ८ र १० नम्वर व‌डाका करिब ३० घरधुरी लाइ साबुन र बाल्टिन बितरण गरेको छ। शिखरका ८, १० र ११ नम्बर वडामा लागु भएको परियोजनाले ५सय ६८ घरधुरी लाइ बाल्टिन र साबुन वितरण गर्ने लक्ष्य राखिएको रेडक्रस सोसाइटी जिल्ला शाखा डोटीका जिल्ला कोर्डिनेटर रबिन्द्र ढकालले बताउनुभयो । आज ८ र १० नम्बर वडामा नगर प्रमुख जोशीले उदघाटन गरे संगै भोली ११ नमवर वडा मा बितरण गर्ने कार्यक्रम राखिएको छ।

Doti

समुदाय स्तरमा कोरोना बाट बच्न का लागी यो कर्यक्रमले शिक्षा दिन खोजेको र सचेतनाका लागी काम गर्ने वडा नं १० का वडा अध्यक्ष मिन बहादुर बलायरले बताउनुभयो। रेडक्रस सोसाइटी बाट केही बोतल सेनिटाइजर र माक्स लगायतका समाग्री बुझ्दै कोरोना संग जुध्नका लागी हतियार भनेकै सरसफाइ र स्वास्थ्य सुरक्षा का सामग्री रहेको बताउनुभयो। छिमेकी राष्ट्र भारतवाट वडामा आएका कोरोना संक्रमित परिवारलाई सरसफाइको क्षेत्रमा जानकारी र सफा रहनका लागि बानीको विकास गर्न सामग्री वितरण गरिएको डोटीजिल्ला शाखाका सभापति लक्षीराम कुँवरले वताउनु भएको छ ।
त्यस्तै नगर पालिका वडा नं ८ का वडा अध्यक्ष सिद्ध बहादुर बलायतले धेरै नभएपनी बाल्टिन र साबुनले स्थानीय लाइ सहयोग पुग्ने बताउनुभयो। कामको समयमा पटक पटक बाहिर जादा आउदा हातधुन सजिलो र सहयोग पुगेको बताउनुभयो।
Doti
नगर प्रमुख सिताराम जोशी को प्रमुख आतिथ्यमा रेडक्रस डोटी शाखा सभापति लक्षीराम कुवँरको बिशिष्ट अतिथ्य तेसैगरि वडा अध्यक्ष वडा सदस्य बुद्ध जिबि र पत्रकार लगायतको सहभागिता रहेको थियो।

Doti

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा