सुप बिश्वबिद्यालय बाट आंगिकको मान्यता पाएका वैतडीका तीन क्याम्पसको भव्य उद्घाटन
वैतडी, साउन, १० – त्रिभुवन बिश्वबिद्यालयबाट सम्बन्धन लिई सामूदायिक रुपमा सञ्चालन हुदैँ आएका बैतडीका ३ क्याम्पसले सुदुरपश्चिमाञ्चल बिश्वबिद्यालय बाट आगिंक क्याम्पसको मान्यता पाएपछि भव्य रुपमा उद्घाटन गरिएकाछन् । शुक्रबार जिल्ला सदरमुकाम गोठालापानी बैतडीमा रहेको जगन्नाथ बहुमुखि क्याम्पस को उद्घाटन गरियो । सु.प. बिश्वबिद्यालयका उपकुलपति तथा प्राध्यापक भुषण श्रेष्ठ बैतडी पुगेर क्याम्पसलाई उद्घाटन गरेका हुन् । यसअघि जिल्लाको पाटन बहुमुखि क्याम्पसलाई मंगलबार पुर्व अर्थराज्यमन्त्रि तथा बैतडी बाट निर्बाचित प्रतिनिधिसभा सांसद दामोदर भण्डारीले उद्घाटन गरेका थिए । यस्तै बुधबार सांसद भण्डारीलेनै मणिलेक बहुमुखि क्याम्पस मेलौलीलाई पनि उद्घाटन गरेका थिए ।
सामुदायिक रुपमा सञ्चालन भइरहेका यी क्याम्पसहरु आगिंक भएपछि आर्थिक अभावको झण्जट हट्ने भएको छ । यसअघि अविभावकको चन्दा, स्थानिय निकाय तथा तत्कालिन जिल्ला बिकास समितिको अनुदानमा चल्दै आएका क्याम्पस सञ्चालनको जिम्मा अब सु.प. बिश्वबिद्यालयको हुनेछ । यी क्याम्पसका अध्यापकहरुले बेलाबेलामा लामो समयसम्म तलब खान नपाएको भन्दै पठन–पाठन बन्द गरि आन्दोलन समेत गर्दै आएका थिए ।
आगिंक भएसंगै जगन्नाथ बहुमुखि क्याम्पस र पाटन बहुमुखि क्याम्पसले १५,१५ जनाको सरकारी दरबन्दी पाएको छ भने मणिलेक बहुमुखि क्याम्पसले १० जनाको सरकारी दरबन्दी पाएको सम्बन्धीत क्याम्पसले जनाएकाछन् ।
प्राध्यापकहरुले गर्ने आन्दोलन बन्द हुने आशा
आर्थिक बर्ष २०७४/०७५ मा प्रदेश ७ का १५ क्याम्पसहरुले आगिंक क्याम्पसको मान्यता पाँउदा बैतडीका तीन क्याम्पस आंगिकको सूचीमा परेका हुन् । यसअघि आ.व. २०७३/०७४ को बजेट बक्तव्यका बेला बैतडी बाट निर्वाचित सांसद दामोदर भण्डारी अर्थराज्यमन्त्रि हुदाँ बैतडीका तीन क्याम्पस आगिंक बनाउने प्रक्रिया अगाडी बढेको थियो ।