मुगुका बिरामीको कोल्टीबाट तीनदिन पछि हवाई मार्फत उद्धार
बाजुराः
मुगुका बिरामीको बाजुराको कोल्टीबाट तीनदिनपछि उद्धार गरिएको छ । मुगु जिल्लाको खत्याड गाउँपालिका वडा नँ ८ रिगाका उजिरे परियारको तीन दिन पछि सोमबार सीता एयरमार्फत बाजुराको कोल्टीबाट उद्धार गरिएको हो ।
गत शनिबार खत्याड गाउँपालिका वडा नं ८ मा डोजरले सडक खनीरहेका बेला माथिबाट दुङगा खस्दा उजिरे परियारको टाउको, छाति र खुट्टामा गम्भिर चोट लागेको थियो । घायते भैसकेपछि उनलाई उपचारका लागि मुगुबट बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य चौकीमा ल्याइएको थियो ।
सडक खन्दा डोजरले फालेको ढुंगा लागेको हुँदा परियारलाई गम्भिर चोट लागेकाले कोल्टी प्राथमिक स्वास्थ्य चौकीले शनिबार नै सुविधासम्पन्न अस्पतालमा उपचारका लागि रिफर गरेको थियो ।
कोरोना संक्रमणका कारण देशैभरी जारी लकडाउनका कारण बन्द भएको हवाई सेवा आगामी १७ गतेबाट पुर्ण रुपमा संचालनमा आउने भएपनि परियारको उपचारका लागि सवारी साधन हिड्न सडक पनि वर्षदका कारण क्षतबिक्षत भएकाले आफन्तको आग्रहमा सोमाबार रिफर गरेको तिनदिनपछि सिता एयरको हवाईजहाज मार्फत थप उपचारका लागि नेपालगञ्ज लगिएको घाइते उजिरेका आफन्त कर्णजित परिवारले बताएका छन् ।