अध्यक्ष मलासीको पद भार ग्रहण

news
news
July 20, 1:35

डोटी- लामो समय देखि नेतृत्व विहिन रहेको जिल्ला खेलकुद समितिले अहिले नेतृत्व पाएको छ । आज जिल्ला सदरमुकाम सिलगढी मा डोटी जिल्ला खेलकुद समितिका नब नियुक्त अध्यक्ष नरेश मलासी को स्वागत तथा पदग्रहण कार्यक्रम गरेको छ । खेलकुद कार्यलय को कबड हलमा भब्य कार्यक्रम गरी पदग्रहण कार्यक्रम गरिएको छ।

उक्त कार्यक्रम मा बोल्दै अध्यक्ष मलासीले खेलाडी को हक हित र नया खेलाडी को खोजिका लागि गाउँ देखि गाउ पालीका सम्म समन्वय र सहकार्य गरेर काम गर्ने बताउनुभयो। आफु एक्लैले जति गर्न खोजेपनि नसकीने भएकाले सबैको सात र सहयोग को खाचो रहेको बताउनु भयो।

त्यसतै कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथी रहनु भएका दिपायल सिलगढी नगरपालिका प्रमुख मन्जु मलासी ले खेलको विकास गर्न प्रतिबद्ध रहेको बताउनुभयो । जिल्ला का नौ वटै स्थानिय तहसंग जिल्ला खेलकुद ले समन्वय गरेर जानु पर्ने बताउनु भयो।

आवश्यकता अनुसार जमिन, खेलसामाग्री ,भवनको लगायत प्राविधिक सहयोग गर्ने बताउनुभयो। नया खेल जगतमा आउने खेलाडी को लागि आफु लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो। खेलाडी जुनसुकै भए पनि राष्ट्रको गहना भएकोले खेलाडी अनुशासित भयो भने ब्यक्ति, समाज र राष्ट्र कै नाम उच्च रहने नेकपा एमालेका का अध्यक्ष चक्र मल्ल को भनाई रहेको छ।

जिल्ला खेलकुद कार्यलय मा आयोजित कार्यक्रममा अध्यक्ष को बाजागाजा, फुलमाला सहित भब्य स्वागत गरेको थियो । कार्यक्रममा सास्कृतिक कार्यक्रम पनि देखाएको थियो।कार्यक्रममा जिल्ला स्थित जनप्रतिनिधि, सरकारी कार्मचारी ,खेलाडी, खेल प्रेमी जनसमुदाय, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा