बाढीले बझाङमा लघु जलविद्युतको भवन बगायो, वडा अध्यक्ष सहित तीन जना घाइते

news
news
July 24, 7:07

बझाङ – बिहीबार राति परेको अविरल वर्षाका कारण आएको बाढीले बझाङमा लघु जलविद्युतको भवन बगाएको छ । जिल्लाको मष्टा गाउँपालिका – ५ द्वारीमा रहेको द्वारीगाड लघु जलविद्युत आयोजनाको भवन बगाएको हो ।

करिब १ करोड लागतमा निर्माण सम्पन्न भएको ४२ किलोवाट क्षमता रहेको द्वारीगाड लघुजलविद्युत आयोजनाबाट द्वारी गाउँका करिब ५ सय घरधुरीले उज्यालो पाएका थिए । तर केही समयदेखि प्राविधिक समस्याका कारण बीचमा अबरुद भएको थियो । अहिले आएर फेरि निर्माण कार्य चलिरहेको बेला बाढीले भवन बगाएको स्थानीय उब्जन बोहराले बताउनुभयो ।

वर्षाले त्यही दिन द्वारी गाडमाथि रहेको द्वारीगाउँकै वारिपारी जोड्ने काठेपुल बगाउँदा आवतजावतमा समेत समस्या भएको छ । आवतजावतमा समस्या हुँदा शुक्रबार पुनस् काठेपुल हाल्ने क्रममा गाडले बगाएर तीनजना घाइते भएका छन् । घाइते हुनेमा त्यही गाउँका ४२ वर्षीय नरबहादुर बोहरा, ५५ वर्षीय वडाध्यक्ष कम्मान आग्री, ६५ वर्षका रिउल्या कठायत रहेका छन् । दुईजनाको अवस्था सामान्य भए पनि नरबहादुर बोहराको कम्मरमा गम्भिर चोट लागेकाले थप उपचारको लागि नेपालगञ्ज पठाइएको जिल्ला अस्पताल सिमखेतका प्रमुख डा सन्दीप ओखेडाले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा