कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु

news
news
August 09, 11:22

धनगढी : कैलालीमा मोटरसाइलकको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गअन्तरगत जिल्लाको बर्दगोरिया गाउँपालिका–१ मा से ७ प ८०२ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।

उनका अनुसार ७२ वर्षीय साइकल यात्री जगतबहादुर साउँदको मृत्यु भएको हो। ‘दुर्घटनामा गम्भीर घाइते भएका साउदलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पुगाइएको थियो, उपचारकै क्रममा मृत्यु भएको हो,’ गौतमले दिनेशखबरलाई भने। मोटरसाइकल धनीलाई नियन्त्रणमा लिइएको र चालक भने फरार रहेको उनले बताए। 

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा