‘संगठन विरुद्ध लाग्नेलाई कारबाही हुन्छ’ : युनियन उपाध्यक्ष अधिकारी

news
news
August 12, 6:48

धनगढी, २८ साउन/ नेपाल प्रेस युनियनकी केन्द्रीय उपाध्यक्ष एवम नेपाल पत्रकार महासंघकी उपाध्यक्ष बाला अधिकारीले संगठन विरुद्ध जाने कसैलाई पनि माफि नहुने बताएकी छन् ।

प्रेस युनियन कैलाली शाखाले शुक्रबार धनगढीमा आयोजना गरेको भेटघाट तथा चियापान कार्यालयममा पत्रकार महासघको चुनावमा सगठन विरुद्ध जाने कसैलाई पनि माफी नहुने उनले बताइन् ।‘

छिटै बैठक बसेर संगठन विरुद्ध जानेहरुलाई के–कस्तो कारवाही गर्नुपर्छ कारवाही गर्न तयार छौ,’ उनले भनिन् ‘कैयौ वर्षपछि पत्रकार महासंघमा जिल्लादेखि केन्द्रसम्म युनियन हाबी भएको छ । उनले भनिन, ‘अब युनियन एक भएर अगाडि बढ्न आवश्यक छ ।

पत्रकारहरुको हकहितका लागि आफू कटिबद्ध भएर लाग्ने उनले बताइन् । सगठनलाई जिल्लादेखि केन्द्रसम्म पनि बलियो बनाएर लैजानुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता रणबहादुर रावलले पत्रकारसंग हातेमालो गरेर पत्रकारहरुलाई अझै बलियो बनाउने हिसाबले अगाडि बढ्ने बताए ।

कार्यक्रममा नेपाल प्रेस युनियन कैलालीका अध्यक्ष, पत्रकार महासघका प्रदेश अध्यक्ष, पूर्व केन्द्रिय सदस्य लगायत युनियनसंग आवद्ध पत्रकारहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा