सगरमाथा हेल्थ फाउन्डेसनद्वारा स्वास्थ्य सामाग्री वितरण

doti news
doti news
June 09, 10:03

प्रकाश बम , जेठ २६ डोटी । 
    कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी सगरमाथा हेल्थ फाउन्डेसनले डोटीमा स्वास्थ्य सामाग्रीहरू वितरण गरेको छ । फाउन्डेसनले जिल्ला अस्पताल, शिखर नगरपालिका र सायल गाउँपालिकालाई स्वास्थ्य सामाग्रीहरू वितरण गरेको हो ।
    जिल्ला कोभिड सङ्कट व्यवस्थापन समितिका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालको समुपस्थितमा स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको फाउन्डेसनका संरक्षक एवं  संस्थापक अध्यक्ष प्रेम शङ्कर भट्टले खप्तड अनलाईनलाई  जानकारी दिए । उनले भने ,’ कोरोना कहरले आक्रान्त भएको बेला स्वास्थ्य सामग्रीले थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले वितरण गरेका हौँ । संस्थाले विभिन्न व्यक्ति सहयोगी संस्थाको सहयोगमा  अक्सीपल्स मिटर, थर्मामिटर, पिपिई, मास्क, औषधी, ग्लोब्स्, फेससील्ड लगायतका स्वास्थ्य सामाग्री वितरण गरेका छौ। ’ भट्टले थपे , डोटीका अन्य स्थानीय तहका लागी पनि आवश्यक पर्ने स्वास्थ्य सामाग्रीहरूका लागी पहल भइरहेको छ भने ।’ 
महामारीको समयमा स्वास्थ्य सामाग्रीले ठुलो सहयोग पुग्ने प्रमुख जिल्ला अधिकारी खनालले बताए ।  उनले भने ,’सहयोगी सामाजिक संस्थाहरूको आगामी दिनमा खाँचो  छ । अहिलेसम्म सहयोग गर्ने सबै सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।’
स्वास्थ्य सामग्री वितरणमा  शिखर नगर पालिकाका नगरप्रमुख सिताराम जोशी,  दिपायल सिलगढी नगर पालिकाका नगर प्रमुख मञ्जु मलासी,सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशी ,जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट कृष्ण राज जोशी लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

बयलपाटा अस्पतालाई अनुदान दिन नीतिगत बाटो खोज्दै प्रदेश…
कैलाली । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला अछामको बयलपाटामा रहेको न्याय हेल्थ अस्पताल आर्थिक… विस्तृतमा
बयालपाटा अस्पताल र प्रदेश सरकारबीच ‘माथापच्छी’
धनगढी / चालु आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत भएकै दिनदेखि अछामस्थित बयालपाटा अस्पताल पक्षधर र… विस्तृतमा
सुदुरपश्चिममा तीन दिनमा ९ व्यक्तिमा कोरोना संक्रमण
धनगढी / पछिल्ला तीन दिनमा सुदूरपश्चिम प्रदेशमा नौ व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।… विस्तृतमा
बिस वर्षपछि फार्मेसी व्यवस्थित
टीकापुर । अस्पताल स्थापना भएको दुई दशकपछि टीकापुर अस्पतालमा फार्मेसी व्यवस्थित भएको छ । पहिले… विस्तृतमा