बिहान ११ बजेपछि पसल खोलेमा यस्तो छ कारबाही

kailali pice
kailali pice
June 14, 11:59

कैलाली  जेठ ३१, 
कैलालीमा एक साताका लागि बिहान ११ बजेसम्म सम्पुर्ण पसल खुल्न दिने जिल्ला प्रशासन कार्यालय कैलालीले निर्णय गरेको छ । करिब डेढ महिना लामो निषेधाज्ञाका कारण यहाँका व्यवसाय ठप्प रहेका थिए । आईतबारको बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी) को  बैठकले असार १ गतेदेखि   सम्पुर्ण पसलहरु खोल्न दिने निर्णय गरेको कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले जानकारी दिएका छन  ।
आईतबार बसेको बैठकले असार ७ गतेसम्म ११ बजेसम्म सम्पूर्ण पसलहरु खोल्न दिने निर्णय गरेका गरेको बताउदै  प्रजिअ रिजालले  बिहान ११ बजेपछि पसल खोलेमा कारबाही हुने बताए ।  यद्दपि सो अबधिमा जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गर्न पसल सञ्चालक र ग्राहकलाई अनिवार्य गरेको उनको भनाई छ ।  
४५ दिन लामो लकडाउन पछि  पसल खोल्ने निर्णयले यहाँका व्यवसायी निकै उत्साही भएका छन् । भने कति पयले भने फेरि कोरोना फैलिन सक्ने समेत बताएका छन् । डीसीएसमसीको निर्णय उल्लंघन गर्दै तोकिएको समयपछि पसल खोलेको पाईएमा १ महिना कैद वा ५ लाख रुपैया जरिवाना वा दुबै सजाय गरिने प्रजिअ रिजालले खप्तड अनलाईनलाई बताए ।
उनक अनुसार पसल खुलेपनि निषेधाज्ञा भने यथावत हुनेछ । जिल्लामा सवारी साधन चलाउनमा ७ गतेसम्म नै रोक लगाईएको छ । खाद्यान्न, दुग्धजन्य पदार्थ ढुवानी गर्ने साधन, एम्बुलेन्स, प्रेसका साधनहरु भने चल्न दिने निर्णय गरिएको छ ।
यस्तै यातायात व्यवस्था कार्यालय, मालपोत कार्यालय र कर कार्यालय खोल्ने सम्बन्धमा छलफल भएपनि सहभागीहरुले तत्काल ती कार्यालयहरु सञ्चालन गर्नु जोखिम पूर्ण भएको बताएपछि ती कार्यालयहरु खोल्ने निर्णय हुन नसेको प्रशासनले जनाएको छ । यद्दपि एक हप्ताको समीक्षापछि कोरोनाको अवस्था हेरेर  कार्यालयहरु खोल्न दिने वा नदिने टुंगो लाग्ने  प्रजिअ रिजालले बताए ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा