लिटल फ्लावर प्रिमियर लिगको पाचौं संस्करण फागुन १५ देखि (भिडियो)

LPL
LPL
December 19, 5:49

लिटिल फ्लावर प्रिमियर लिग विद्यालय स्तरिय यु–१९ प्रतियोगिताको पाँचौँ संस्करण फागुन १५ गतेदेखि  २५ गतेसम्म धनगढीमा हुने भएको छ । आयोजक लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सले आज पत्रकर सम्मेलनको आयोजन गर्दै फागुन १५ गतेदेखि २४ गतेसम्म प्रतियोगिता  हुने जानकारी दिएको हो  । 

LPL

लिटिल फ्लावर स्पोटर्स एन्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले प्रतियोगिताको तयारी थालिएको जानकारी दिए । ‘विद्यालय स्तरबाटै खेलाडी उत्पादन गर्न हामीले प्रतियोगिता आयोजना गर्ने गरेका छौँ’ उनले भने– ‘यस पटकको लागि तयारी सुरु भइसकेको छ ।’
लिग कम नक आउटमा खेलाइने प्रतियोगिता धनगढी स्थित सङ्घीय प्रहरी इकाईको खेल मैदानमा जनाइएको छ । प्रतियोगितामा विद्यालय स्तरका यु–१९ का खेलाडीहरूले सहभागिता जनाउने छन् ।  देशभरका करिब १२ विद्यालय प्रतियोगितामा सहभागी हुने शाहीले जानकारी दिए ।

विगतमा ४ जनासम्म नेपालभित्रका १९ वर्ष मुनिका खेलाडीलाई सहभागी गराइने प्रतियोगितामा यस वर्ष भने विद्यालय बाहिरका १९ वर्ष मुनिका २ जना मात्रै खेलाडी सहभागी गराउने जनाएको छ ।  केही दिन भित्रै पुरस्कार राशि घोषणा गरिने शाहीले बताए ।

LPLLPLNote

 

सम्बन्धित वर्गका समाचारहरू

सैनिक आवासिय र एसपिए बिजयी 
धनगढी । श्री कलेज मेनेजमेन्ट  धनगढी २०८० जारी खेल दोस्रो दिन भएको खेलमा सैनिक आवासिय महाबिद्यालय र… विस्तृतमा
नामिबियाविरुद्ध दबाबमा नेपाल, गुमायो ४ विकेट
आईसीसी विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध पावर प्लेमा घरेलु टोली नेपालले खराब सुरुवात गरेको छ… विस्तृतमा
यू–१९ विश्वकप क्रिकेटमा नेपालले भारतसँग प्रतिस्पर्धा…
काठमाडौं – आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा आज नेपालले… विस्तृतमा