अक्षयकोष स्थापनाका लागि नेपाल प्रेस युनियन डोटीका अध्यक्ष बम द्वारा सहयोग

Doti
Doti
October 17, 12:00

२०७७ कात्तिक १ गते,शनिबार
चक्र बलायर,डोटी

अक्षयकोष स्थापनाका लागि नेपाल प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बमलेआर्थिक सहयोगको घोषणा गरेका छन् ।

नेपाल पत्रकार महासंघ डोटी शाखाका सह–सचिव तथा हाम्रा कुरा डटकमका सम्वाददाता समेत रहेका बमले आफ्नो जन्मदिनको अवसरमा तेजु स्मृति अक्षयकोषका स्थापनाका लागि सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल प्रेस युनियन डोटी शाखाले शाखाका संस्थापक अध्यक्ष स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतिमा स्थापना गर्न लागेको अक्षयकोषमा अध्यक्ष बमले ११ हजार एक सय ११ रुपैंया जम्मा गर्ने घोषणा गरेका हुन् ।

युनियनले स्व. संस्थापक अध्यक्ष खड्काको स्मृतीमा अक्षयकोष स्थापना गरी विभिन्न व्यक्ति संघ संस्थाहरुसँग सहयोग आह्वान गरेको शाखाका सचिव पवन महराले जानकारी दिए । उनले अक्षयकोषमा रकम जम्मा भएपछि स्व. खड्काको नामबाट पत्रकारिता पुरष्कारको घोषणा गरि पत्रकारीता क्षेत्रमा योगदान पुर्याउने  पत्रकारहरुलाई सम्मान गरिने बताए । युनियनले अक्षयकोष स्थापना गर्ने निर्णयसँगै सहयोग आह्वान गरेपछि विभिन्न व्यक्तिहरुले सहयोग गर्दै आएका छन् ।

पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए । बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंगाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो ।

स्व. खड्का लामो समय रेडियो नेपाल क्षेत्रीय प्रशारण केन्द्र दिपायलमा कार्यरत थिए । उनि लोकप्रिय कार्यक्रम प्रस्तोता थिए । पछिल्लो समय उनि बाजुरामा रहेको रेडियो बुढीनन्दा एफएममा कार्यरत थिए ।

सम्बन्धित वर्गका समाचारहरू

प्रथम विद्यालयस्तरीय कविता महोत्सव सम्पन्न
धनगढी - धनगढी उपमहानगरपालिका वडा नम्बर ३ मा रहेको दून एकेडेमीको आयोजनामा सञ्चालित प्रथम… विस्तृतमा
मुख्यमन्त्री शाहलाई दुई तिहाइ विश्वासको मत
धनगढी - सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई प्रदेश सभाबाट दुई तिहाइ बहुमत प्राप्त… विस्तृतमा
एलपीएल : सत्यवती र गुराँस एकेडेमी विजयी
धनगढी – कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिता लिटल फ्लावर… विस्तृतमा
एलपीएल : होली फेमिलीलाई ७ विकेटले पराजित गर्दै लिटल फ्लावरको…
धनगढी - लिटल फ्लावर बोर्डिङ हाइ स्कुलले कैलालीको धनगढीमा जारी विद्यालय स्तरीय यु–१९ राष्ट्रिय टी–२०… विस्तृतमा