बैतडीको पाटन नगरपालिका वडा नं ९ मा तालाबन्दी

news
news
August 16, 3:25

बैतडी साउन ३२ । बैतडीको पाटन नगरपालिका वडा नं ९मा तालाबन्दी गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ज्याला नमिलेको भन्दै सोमबार कामदारहरुले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा ५ सय १७ रुपयाँ दैनिक ज्याला पाउनुपर्ने भएपनि सो अनुसार ज्याला नपाएको कामदारहरुले बताएका छन् । तोकिएको ज्याला पाउनुपर्ने माग गर्दै वडा कार्यालयमा तालाबन्दी गरिएको कामदार मदन भाटले जानकारी दिनुभयो । कामको वास्तविक मुल्याङकन गरि आफुहरुलाई तोकिएको ज्याला मिल्नु पर्ने पटक पटक माग गरिएपनि मागको सुनुवाइ नभएपछि वडा कर्यालयमा ताला लगाउन बाध्यभएका उहाँको भनाई छ ।

यय अघि पाटन नगरपालिकाको अधिकाँश वडाहरुमा रोजगार कार्यक्रममा कामको सहि मुल्याङकन नभएको र अनियमितता भएका व्यापक जनगुनासा आएपछि नगर कार्यपालिकाको निर्णयले रोजगार साखाका प्राविधिकको करार रद्ध गरेर पूर्नःमुल्याङकन गर्ने भनेको थियो तर हाल सम्म कार्यान्वयन नहुँदा कामदारहरुले ज्याला पाउन सकेका छैनन् । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिसंग आवश्यक सहयोग मागेर कामको पुनर्मूल्यांकन गर्ने निर्णय समेत भएको थियो ।

यता नगरपालिकाका रोजगार संयोजक महेश पन्तले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गरेको कामको पुनर्मूल्यांकनका लागि जिल्ला समन्वय समितिले प्राविधि पठाउने भनेको भएपनि अहिले सम्म नपठाएको बताउनुभयो । पाटन नगरपालिका ९ मा प्रधानमन्त्री रोजगार कार्यक्रममा ३९ लाख बजेट रहेकोमा ३१ लाख ५० हजार ३ सय ९१ वडाले पाएको थियो ।

३९ लाखको प्राधानमन्त्री रोजगार कार्याक्रममा वडा नं ९ ले ४ ओटा समिति गठन गरेर योजना कार्यान्वय गरेको बताइन्छ् । सो योजनाहरुमा काम गर्ने कामदारहरुको सहि मुल्याङकन नभएको र तोके अनुसारको पारिश्रमिक नपाएको भन्दै अहिले कामदार अन्दोलित भएका स्थानीय कर्ण विष्टले बताउनुभयो ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा