दल विभाजन अध्यादेश स्वीकृतसँगै एमाले फुट्ने निश्चित, माधव नेपालको नयाँ पार्टी ‘नेकपा एमाले समाजवादी’ 

Politics
Politics
August 18, 1:49

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । मङ्गलवार सरकारले दल विभाजन सहज हुने गरी अध्यादेश राष्ट्रपति कहाँ पठाएको थियो । आज राष्ट्रपतिले अध्यादेशलाई स्वीकृत गरेकी हुन् । नेकपा एमालेभित्र विवाद बढ्दै जाँदा शेरबहादुर देउवा सरकारले एमाले विभाजन सहज हुने गरी अध्यादेश ल्याएको हो । अध्यादेशमा अब संसदीय दल वा केन्द्रीय समितिका २० प्रतिशत सदस्यले चाहेमा दल विभाजन गर्न सक्ने प्रावधान राखिएको बताइएको छ । 

अध्यादेश स्वीकृत भएसँगै माधव नेपाल समूह आयोग गएर नयाँ दल खोल्ने तयारीमा छन् । राष्ट्रपतिले अध्यादेश जारी गरे लगतै नयाँ दल दर्ता गर्ने तयारी भइरहेको नेपाल समूहका एक केन्द्रीय सदस्यले जानकारी दिए । ‘५७ जना केन्द्रीय सदस्यको हस्ताक्षर सङ्कलन भइसकेको छ । आज थप केही साथीहरू पनि आउनुहुन्छ,’ उनले भने, ‘अध्यादेश आएपछि दल दर्ता गर्छौँ ।’

नेताहरूका अनुसार नयाँ दलको नाम नेकपा एमाले समाजवादी राख्ने तयारी छ । अरू केही नाम पनि विकल्पमा छलफल भइरहेको भन्दै ती केन्द्रीय सदस्य भन्छन्, नेकपा एमाले समाजवादी नै फाइनल होला ।’ नयाँ दलको अध्यक्षमा माधवकुमार नेपाल रहनेछन् भने अरू पदाधिकारीबारे छलफल नै भएको छैन ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा