पर्यटकीय क्षेत्र ‘बग्लेक”मा अस्थायी प्रहरी पोष्ट राख्ने तयारी

news
news
August 23, 4:47

भाद्र ७, डोटी ।
पर्यटकीय क्षेत्रका रुपमा परिचित डोटीको पूर्वीचौकी गाउँपालिका वडा नं. २ बग्लेकमा अस्थायी प्रहरी पोष्ट स्थापना गर्ने तयारी शुरु भएको छ ।
जसका लागि सोमबार बिहान पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटी, डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशी, प्रहरी प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्ल, एमाले नेता कृष्ण कुमार खड्का, सो वडाका वडा अध्यक्ष योगेन्द्र ठकुल्ला र स्थानीयको सहभागितामा बग्लेकमै पुगेर प्रारम्भिक छलफल भएको छ ।

May be an image of 1 person, standing, grass and text that says 'REDMI NOTE 9 PRO NAJARONLINE. COM'
स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गर्न बग्लेक क्षेत्रमा प्रहरीको आवश्यकता महशुस भईरहेकै बेलामा पछिल्लो समयमा बग्लेक आन्तरिक पर्यटकको गन्तव्य बन्दै गएपछि अस्थायी प्रहरी पोष्ट स्थापनाको तयारी गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रमूख प्रहरी उपरिक्षक दान बहादुर मल्लले बताए ।
पछिल्लो चरणमा बग्लेक क्षेत्र पर्यटकको रोजाईमा परेकोमा खुशी व्यक्त गर्दै त्यस क्षेत्रमा थप आकर्ष बढाउन स्थानीय सरोकारवालाहरु बढी जिम्मेवार भएर लाग्नुपर्ने डोटीका निमित्त प्रमूख जिल्ला अधिकारी किरण जोशीले बताईन् ।
स्थानीय तहका हरेक बस्तीसम्म शान्ति सुरक्षाको वातावरण सिर्जना गर्नुु आफ्नो दायित्व भएकाले बग्लेक क्षेत्रमा हाललाई अस्थायी रुपमै भए पनि प्रहरी पोष्ट स्थापना गर्न आफुले प्रक्रिया अगाडी बढाएको पूर्वीचौकी गाउँपालिका डोटीका अध्यक्ष दीर्घराज बोगटीले बताए ।

May be an image of one or more people, people standing and body of water
जसका लागि गाउँपालिका अध्यक्ष बोगटीले आजै जिल्ला स्तरीय सुरक्षा समितिलाई औपचारिक पत्र समेत बुझाएका छन् । पत्र बुझ्दै निमित्त प्रमूख जिल्ला अधिकारी जोशीले तत्काल निर्णय गरी आवश्यक प्रक्रिया अगाडी बढाइने प्रतिवद्धता जनाईन् ।
यसैबिच गाउँपालिकाका अध्यक्ष बोगटीले सो वडाका अध्यक्ष योगेन्द्र ठकुल्ला र स्थानीय बासिन्दालाई बग्लेक घुम्न आउने पर्यटकहरुलाई उचित अतिथी सत्कार गर्न र पर्यटकहरुको आकर्षण बढाउने वातावरण सिर्जना गर्न आग्रह गरेका छन् ।
जसका लागि तत्काल शौचालय र खानेपानी व्यवस्थापन गर्नुपर्ने, स्थानीय होटल तथा पसलहरुमा एकिन दररेट कायम गर्नुपर्ने, फोहोर व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था मिलाउनुपर्ने, सो क्षेत्रमा केहि स्वयंसेवकको व्यवस्था मिलाउनुपर्ने, मदिराजन्य कारोबारलाई व्यवस्थित गर्नुपर्ने र पर्यटन विकास समिति गठन तथा काम, कर्तव्य र अधिकार सम्बन्धी कार्यविधी निर्माण गरी कार्यान्वयन गर्नुपर्ने कामहरु अगाडी बढाउन आवश्यक रहेकोमा उनले जोड दिए । यि कार्यहरु गर्न वडा तहबाट हुने कामहरु वडाले गर्न र गाउँपालिकाबाट गर्नुपर्ने कामका लागि आफु प्रतिबद्ध रहेको उनले बताए ।

May be an image of 6 people, people sitting and people standing
सुदूरपश्चिमकै प्रसिद्ध पर्यटकीय क्षेत्र खप्तडको प्रवेशद्वारका रुपमा रहेको बग्लेक क्षेत्रमा कृत्रिम कैलाश पर्वत र मानसरोबर निर्माण गरिने पनि अध्यक्ष बोगटीले यस अघि नै सार्वजनिक घोषणा गरिसकेका छन् ।
खप्तडकै झल्को दिने आकर्षक हरिया पाटन, स्वच्छ हावापानी र चिसो मौसम, स्थानीय खानपीनका परिकारहरु, घोडा सवारी, कृत्रिम पोखरी, एकान्त ठाउँ लगाएतका विशेषता रहेको बग्लेकसम्मको सडक कालोपत्रे भएपछि पर्यटकको रोजाईमा पर्दै गएको छ ।

May be an image of standing, grass, lake and text that says 'REDMI NOTE 9 PRO NAJARONLINE. COM'अहिले दैनिक करिब ३ सयसम्म मानिसहरु दिनहुँ सो क्षेत्रमा पुग्ने गरेको पूर्वीचौकी गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष योगेन्द्र ठकुल्लाले बताए । पर्यटकको सुविधाका लागि सो क्षेत्रमा क्रमिक रुपमा पूर्वाधार निर्माण गर्दै लगिने पनि उनले बताए ।
गतवर्ष प्रधानमन्त्री के.पी.शर्मा ओली नेतृत्वको सरकारले देशका सात वटै प्रदेशमा एउटा पर्यटन गाउँको विकास गर्ने योजना अनुसार सुदूरपश्चिम प्रदेशबाट बग्लेक गाउँ छनौटमा परेको थियो । जसका लागि पर्यटन विभागबाट सर्वे भई डिपिआर समेत भईसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा