‘देउवालाई कम्जोर बनाउन गृहजिल्लामै चलखेल’

news baitadi
news baitadi
September 15, 9:51

धनगढी- डडेल्धुरा स्थित पर्शुराम नगरपालिकाका मेयर भीमबहादुर साउँदले कांग्रेस सभापति शेरबहादुर देउवालाई कम्जोर बनाउन प्रतिद्वोन्दिले डडेल्धुरामा चलखेल गरेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेसको आगामी महाँधिवेसनमा डडेल्धुरा सभापतिका आकांक्षि समेत रहेको साउँदले केन्द्रिय सभापतिको बदनाम गराई गृह जिल्लामै कम्जोर बनाउने योजना अनुसार विपक्षि हात धोएर लागेका बताए । मंगलबार पत्रकार सम्मलेन गर्दै मेयर साउँद समुहले कर्णबहादुर मल्ल पक्षलाई प्रयोग गरेर देउवाको बदनाम गर्न खोजिएको आरोप लगाए ।

उक्त समूहले वर्तमान नेतृत्वले अवैधानिक ढंगले केन्द्रीय कार्यसमितिको निर्णय विपरित शतप्रतिशत भन्दा बढी क्रियाशील सदस्यता वितरण गरेको, स्थानीय तहमा आधिकारीक उम्मेद्वार विरुद्ध विद्रोह गरेका सदस्यको सदस्यता नविकरण नगर्ने निर्णय विपरित नविकरण गरेको विषयमा नै विवाद भएको स्पष्ट पारेको छ ।

सभापति मल्ल समूहले पत्रकार सम्मेलनमार्फत केन्द्रीय सभापति देउवाको हस्तक्षेपमा एकलौटी रुपमा भएको वडा अधिवेशन स्वीकार नगर्ने बताएको कुरामा अपत्ति समेत जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा