वितरण सुरु भएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज, अब के हुन्छ ?

smart-license
smart-license
September 21, 10:28

धनगढी -
सरकारले स्मार्ट लाइसेन्स खारेज गर्ने भएको छ । कार्यान्वयनमा आएको चार वर्ष नबित्दै स्मार्ट लाइसेन्स खारेज गर्ने प्रक्रिया अघि बढाइएको हो । यातायात व्यवस्था विभागले चिप प्रविधिमा आधारित स्मार्ट लाइसेन्सको विकल्प खोज्न सुरु गरिसकेको छ। अहिले वितरण भइरहेको चिप प्रविधिमा आधारित लाइसेन्सलाई रिड गर्ने मेसिनको अभावमा सक्कली हो वा नक्कली भनेर छुट्याउनै नसक्ने अवस्था सिर्जना भएकाले विभागले यसको विकल्प खोज्न थालेको हो।

‘चिप भएको लाइसेन्स वितरण भइरहेको भएपनि हामीसँग यसलाई रिड गर्ने मेसिन नै छैन। ठेक्का पाएको कम्पनीले विभिन्न कारण देखाएर ल्याउनै सकेन,’ विभागका सूचना प्रविधि महाशाखा प्रमुख तथा वरिष्ठ कम्प्युटर इन्जिनियर पवित्र डङ्गोलले भने, ‘लाइसेन्स नक्कली हुन कि सक्कली छुट्याउन गाह्रो परेको अवस्था छ ।’ यसलाई रिड गर्न ल्याएका मेसिनहरू पनि बिग्रन थालेपछि विभागले चिप प्रविधिको नै विकल्प खोज्न लागेको हो ।

विभागले चिपको विकल्पमा बार कोड र क्युआर कोड हुनसक्ने भन्दै यस विषयमा छलफल अघि बढाएको छ । विभागले अहिले वितरण सुरु गरेको परिक्षणकालीन लाइसेन्समा चिप छैन। क्युआर कोड छ। त्यसमा रहेको क्युआर कोड रिड गर्दा चालकको सबै विवरण भेटिने बनाइएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा