नबिल बैंकद्वारा बाढी पिडीत परिवारलाई राहात वितरण

news
news
October 24, 10:30

टीकापुर । नबिल बैंक लिमिटेडले बाढी प्रभावित क्षेत्र टीकापुर नगरपालिका, वार्ड नं ८, बटनपुरमा करीब एक हजार परिवारका लागि खाद्य सामाग्री वितरण गरेको छ । बैंकले राहत स्वरुप आठ हजार ४० पाकेट वाइ वाइ चाउचाउ, दुई हजार एक सय पाकेट रियो जुुस, दुई हजार बोटल पानी, र एक हजार केजी चिउरा उपलब्ध गराएको हो ।
नबिल बैंक लिमिटेड टीकापुर शाखाका प्रबन्धक तेज भट्टले टीकापुर नगरपालिका वार्ड नं. ८ का अध्यक्ष दिर्घ ठकुल्लाको रोहबरमा राहन सामाग्री उपलब्ध गराएका हुन् ।
हालै भएको अबिरल वर्षाका कारण कर्णाली नदीमा आएको बाढीले टीकापुर क्षेत्र डुबान भइ प्राकृतिक विपतको घडीमा तत्काल राहत उपलब्ध गराउनु आवश्यक रहेकोले टीकापुर नगरपालिकाको विपद व्यवस्थापन समिति र चौधरी फाउण्डेसनको सहकार्यमा बैंकले सामाजिक उत्तरदायित्व निर्बाह गर्दै यथाशिघ्र सहयोग उपलब्ध गराएको हो ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा