एक दिनमा ४० मिनेटमात्र टिकटक चलाउन पाइने

sasas
sasas
September 22, 9:40

काठमाण्डौ, ६ असोज । केही समय अगाडि सार्वजनिक एक रिपोर्ट अनुसार विश्वमा प्रयोगकर्ताहरुले सबैभन्दा धेरै समय बिताउने एपको पहिलो स्थानमा टिकटक रहेको छ ।

विश्वमा अत्यन्तै लोकप्रिय भिडियो शेयरिङ एप टिकटक चीनमा चाहिं डुइनको नामबाट उपलब्ध छ । डुइन चीनमा सर्वाधिक लोकप्रिय एपको रुपमा रहेको छ र यसका प्रयोगकर्ताहरुमा कम उमेरका किशोर किशोरीहरु अत्यधिक छन् ।

बालबालिकाहरुमा बढेको चिनियाँ टिकटकको लतलाई मध्यनजर गर्दै चीनले अब बालबालिकालाई एक दिनमा केवल ४० मिनेट मात्रै डुइन प्रयोग गर्न दिने भएको छ ।

आफ्नो वास्तविक पहिचानबाट डुइनमा खाता खोलेका १४ वर्षमुनिका प्रयोगकर्ताका लागि यो नियम लागू हुनेछ ।बालबालिकाहरुले बिहानको ६ बजेदेखि रातको १० बजेसम्मको अवधिमा केवल ४० मिनेट मात्रै डुइन चलाउन पाउनेछन् ।

चिनिया टिकटकको मातृ कम्पनी बाइटडान्सले एक ब्लगपोष्टमार्फत् डुइनमा युथ मोड को घोषणा गरेको छ ।बालबालिकाहरुलाई डिजिटल अम्मलबाट जोगाउनका लागि यस्तो सीमा राख्ने आफू नै पहिलो प्लाटर्फम रहेको दाबी कम्पनीको छ ।

डुइन किशोरावस्थाका प्रयोगकर्ताका मामिलामा सबैभन्दा रहेको उनीहरुको सिकाइका लागि गुणस्तरीय सामग्रीहरु उपलब्ध गराउनका लागि कडा मेहनत गरिरहेको कम्पनीले जनाएको छ ।

डुइनले बालबालिकाका लागि प्लाटर्फम प्रयोगमा समयको पावन्दी लगाएसँगै युथ मोडमा विभिन्न शैक्षिक सामग्रीहरु पनि राखेको छ । जसमा विज्ञानका प्रयोग, संग्राहलय प्रदर्शनी तथा ऐतिहासिक व्याख्यालगायतका रहेका छन् ।

चिनियाँ टिकटक डुइनमा खाता खोल्नका लागि न्यूनतम उमेरको कुनै हद तोकिएको हुँदैन, अर्थात् जुनसुकै उमेरका बालबालिकाले पनि यसमा खाता खोल्न सक्दछन् । तर १८ वर्षभन्दा मुनिका प्रयोगकर्ताले खाता खोल्नका लागि अभिभावकको स्वीकृति लिनुपर्दछ । जबकि टिकटकमा खाता खोल्नका लागि न्यूनतम १३ वर्ष उमेर हुनु पर्दछ ।

चीन सरकारले किशोर किशोरीहरुको प्रविधिको अत्यधिक प्रयोगमाथि नियन्त्रण गर्ने कदम अगाडि बढाएसँगै डुइनले प्रयोगको समय सीमा निर्धारण गरेको हो ।

गत महीनादेखि चीन सरकारले १८ वर्षमुनिका किशोर किशोरी तथा बालबालिकाहरुलाई शुक्रबार र बिदाका दिनमा बाहेक भिडियो गेम खेल्न प्रतिबन्ध लगाएको छ ।

किशोर किशोरी तथा बालबालिकाहरुले अब शुक्रबार, सप्ताहन्त तथा विदाका दिनहरुमा मात्रै हरेक दिन केवल एक घण्टा भिडियो गेम खेल्न पाउनेछन् । त्यस्तै गत फेब्रुअरीदेखि चीनले विद्यार्थीहरुलाई विद्यालयमा फोन प्रयोगमा समेत प्रतिबन्ध लगाएको छ । बीबीसी

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा