मोदीको जित संगै भारतको दादागिरी : कोशीको पानी गाउँ पस्दा ३ सय नेपालीको बिचल्ली

Modi
Modi
May 26, 11:47

भारतमा निर्वाचन सकिएर नरेन्द्र मोदी पुनः प्रधानमन्त्री हुने निश्चित भएपछि सीमा क्षेत्रमा दादागिरी देखिन थालेको छ ।

कोशी नदीको बहाव पश्चिमी तटबन्धतर्फ फर्काउने क्रममा भारतीय पक्षले कोशी नदीमा बनाएको प्यालट च्यानलमा शुक्रबार अबेर साँझ एक्कासी पानी छोड्दा नेपाल तर्फका झण्डै ९० परिवारका करीब ३ सय सर्वसाधारण सम्पर्कविहीन भएका स्थानीय जनप्रतिनिधिले बताएका छन् ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१२ गोबरगाढाका ९० परिवार सम्पर्कविहीन अवस्थामा रहेको नगरपालिकाका मेयर शैलेशकुमार साहले बताए । ‘वस्तीको पश्चिम तर्फबाट करीब १७ किलोमिटर लामो प्यालट च्यानल खनिएको थियो, च्यानलमा पानी छोड्दा स्थानीय स्तरमा पूर्व जानकारी गराउनुपर्ने हो । तर शुक्रवार साँझ भारतीय पक्षले एक्कासी पानी छोडेपछि यस्तो अवस्था आएको हो,’ उनले भने ।

आपतकालीन बचाउका लागि राखिएको नगरपालिकाको २ थान डुंगासहित झण्डै आधा दर्जन डुंगाहरू समेत नदीले बगाएर लगेको साहले बताए । जनप्रतिनिधिबाट प्रारम्भिक जानकारी आएपछि घटनाको विस्तृत विवरण आइसकेको छैन ।

‘हामी सम्पर्कको प्रयासमा छौं, केही स्थानीयसँग फोनमा कुराकानी भएपनि एक्कासी नदीको बहावले सिंगो वस्ती नै घेरिएपछि त्यहाँसम्म पुग्न वा त्यहाँ फसेकाहरूलाई निकाल्न सक्ने काम गाह्रो नै छ,’ मेयर साहले भने, ‘मानवीय रुपमा हताहातको सम्भावना अहिलेसम्म देखिएको छैन तर अवस्था यस्तै रहिरह्यो भने झन् विकराल स्थिति सिर्जना हुन सक्छ ।’

कोशी नदीमा भारतीयहरूको मनपरीले पराकाष्ठा नाघेको मेयर साहको प्रतिक्रिया छ । ‘कोशी सम्झौता अनुसार कोशीमा भारतीयहरूलाई आफू अनुकूल काम गर्ने अधिकार छ तर यसको अर्थ नेपाली पक्षसँग समन्वय नै नगरी गर्ने हैन,’ उनले भने ।

सम्बन्धित वर्गका समाचारहरू

इजरायलमा रहेका विद्यार्थी ल्याउन नेपाल एयरलाइन्सको जहाज राति ११…
काठमाडौं । सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज… विस्तृतमा
एप्पल इभेन्ट आज, सार्वजनिक हुँदै छ आइफोन १५ 
काठमाडौँ,२६ भदौ । युरोपियन युनियन र चीन सरकार दुवैतिर समस्याको सामना गरिरहेको र स्मार्टफोनको… विस्तृतमा
अब फेसबुक चलाउन पैसा तिर्नुपर्ने !
यदि तपाईं पनि फेसबुक तथा इन्स्टाग्राम प्रयोग गर्नुहुन्छ भने तपाईंका लागि निकै महत्वपूर्ण खबर छ ।… विस्तृतमा
मिनिबससँग रेल ठोक्किँदा चिलीमा ७ को मृत्यु
चिली । दक्षिण अमेरिकी देश चिलीमा शुक्रबार रेलवे क्रसिङमा एउटा यात्रुवाहक रेल एक मिनीबससँग ठोक्किएको… विस्तृतमा