बैतडीमा दसैँमा फर्किनेको कोरोना परीक्षण अनिवार्य

news
news
October 01, 9:02

बैतडी, १५ असोज । दसैँ नजिकिएसँगै रोजगारीका लागि देशबाहिर रहेकाहरु घर फर्कन थालेका छन्। भारतसँग सीमा जोडिएको झुलाघाट नाकाबाट पनि घर फर्किनेको सङ्ख्या दिनप्रति दिन बढ्दै गएको छ।रोजगारीका लागी भारतका विभिन्न सहरमा रहेका नेपाली मजदुर दसँैका लागि घर फर्किरहेका छन्। झुलाघाट नाका भएर हाल दैनिक ७० जनाभन्दा बढी नेपाल भित्रिने गरेका सीमा प्रहरी चौकी झुलाघाटले जनाएको छ।

सामान्य समयमा दैनिक झण्डै ३० जना फर्किने गरेका थिए। झुलाघाट नाकाभएर दिनहुँ नेपाल भित्रिनेको सङ्ख्या बढ्दै गएको छ।उक्त नाका भएर स्वदेश फर्किने नागरिकको अनिवार्य रुपमा कोरोना परीक्षण गर्ने गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए।कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले सीमा नाकामा परीक्षण अनिवार्य गरिएको हो। उनले भने, “नाकामै हेल्थ डेस्क स्थापना गरेर परीक्षण गरिरहेका छौँ।”

हेल्थ डेस्क स्थापना गरी उनीहरुको एन्टिजेन विधिमार्फत कोरोना परीक्षण भइरहेको छ। झुलाघाट नाकाभएर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाका साथै कर्णाली प्रदेशका हुम्ला, जुम्ला, कालिकोटलगायतका नागरिक आवतजावत गर्ने गर्दछन्। स्वदेशमा रोजगारीको अवसर नहुँदा यहाँका नागरिकलाई रोजगारीका लागि भारतकै भर पर्नुपर्ने बाध्यता छ। जिल्लामा हाल १७ कोरोनाका सक्रिय सङ्क्रमित छन् हालसम्म १८ जनाको मृत्यु भइसकेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा