लोकसेवाले खोल्यो देशभर ९ हजार कर्मचारीको विज्ञापन, अधिकृतदेखि खरिदारसम्म माग

Losewa_ayog
Losewa_ayog
May 29, 7:09

जेठ १५, २०७६ काठमाडौं : लोकसेवा आयोगले झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गरेको छ। स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका लागि खुला विज्ञापन गरेको हो।  खुलातर्फ नौ हजार र बढुवातर्फ छ हजार कर्मचारीको पदपूर्तिका लागि विज्ञापन गरिएको हो।  सरकारले जनताका सबैभन्दा बढी सेवा प्रवाह हुने स्थानीय तह भएकाले पहिले स्थानीय तहमा कर्मचारी पदपूर्ति गर्न थालेको हो। सरकारले स्थानीय तहको पदपूर्ति गरेपछि क्रमशः सङ्घ र प्रदेशमा कर्मचारी भर्ना गर्ने तयारी गरेको छ। कर्मचारी समायोजन भए पनि अझै १६ हजार २६२ कर्मचारी स्थानीय तहमा अपुग छन्। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त दरबन्दी स्थानीय तहबाट सङ्कलन गरेपछि आयोगले विज्ञापन गरेको हो।  सरकारले स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षणअनुसार ६७ हजार ७१९ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ। दरबन्दीअनुसार गत चैतमा स्थानीय तहमा ५१ हजार ४५७ कर्मचारी समायोजन भएका छन्। समायोजन भएकामध्ये निजामती कर्मचारीबाट ३१ हजार ७१०, साविक स्थानीय तहबाट १० हजार ५४०, तत्कालीन जिल्ला विकास समितिबाट एक हजार २४१ र अन्य सेवाबाट ३१६ कर्मचारी समायोजन गरिएका छन्।  

यस्तै स्थानीय सरकार सञ्चालन ऐनको दफा ८७ को व्यवस्थाबमोजिम कार्यरत रहेका करीब सात हजार ६५० कर्मचारीसमेत समायोजन भएका हुन्। आयोगले नौ हजार कर्मचारीको पदपूर्ति गरे पनि अझै सात हजार कर्मचारी स्थानीय तहमा अपुग हुने देखिएका छन्। यसैगरी सङ्घमा दरबन्दी ४८ हजार ४०९ मध्ये ३९ हजार ९६० र प्रदेशमा २२ हजार २९७ मध्ये १३ हजार ८२१ कर्मचारी समायोजन गरेको हो। अझै सङ्घमा आठ हजार ४४९ र प्रदेशमा आठ हजार ४७६ कर्मचारी अपुग छन्।  

कहाँ कति माग 

https://drive.google.com/file/d/1wR9KV3sSQ1ypKKubSJ7TMQ0tl9AaSlya/view?usp=sharing

 

सम्बन्धित वर्गका समाचारहरू

म एक्लो बृहस्पति भएँ, बृहस्पति भगवानको अवतार हुन् :…
१२ कात्तिक, काठमाडौं । न्यायपालिकाको नेतृत्व गर्न नसकेको अनि पदीय मर्यादा कायम राख्न नसकेको आरोपमा… विस्तृतमा
कोभिड-१९ महामारी र नेपाल टेलिकम
लोकेन्द्र पनेरु नागरिकहरुलाई सेवा प्रवाहका लागि सरकारको लगानी, स्वामित्व र नियन्त्रण रहने गरि गठन… विस्तृतमा
राज्यबाटै असुरक्षित श्रमिकवर्ग
लोकेन्द्र पनेरू कोराना भाइरष कोभिड-१९का कारण बिश्वभरका आधा भन्दा बढी जनसंख्या लकडाउनमा रहिरहदा… विस्तृतमा
कोरोना जितेर फर्केका कञ्चनपुरका युवक भन्छन्ः  सेती…
शेरबहादुर सिंह, कञ्चनपुर, वैशाख ११ – गत फागुनको अन्तिम साता मजदुरीका लागि भारतको उत्तराखण्डस्थित… विस्तृतमा