अछाममा जन्ती बोकेको जीप दुर्घटना

news
news
October 11, 8:17

धनगढी: अछाममा जन्ती बोकेको जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ।

जिल्लाको पन्चदेवल बिनायक नगरपालिका -१ कुइकामा आइतबार राति जन्ती बोकेर विनायक बजारतर्फ फर्किने क्रममा से १ च १७६३ नम्बरको जीप दुर्घटना हुँदा गाडी चालकसहित अन्य १४ जना घाइते पनि भएका छन्। मृत्यु हुनेमा पन्चदेवल बिनायक नगरपालिका २ का १४ वर्षीय जीवन न्यौपाने, सोही वडाका १८ वर्षका सर्प बोहरा र वडा नम्बर ३ का १७ वर्षका जीवन जैसी रहेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

यस्तै सोही वडाका १७ वर्षीय हिमाल नेपालीको उपचारका क्रममा जिल्ला अस्पताल अछाममा मृत्यु भएको जिल्ला अस्पताल अछामले जनाएको छ। यस्तै दुर्घटनामा घाइते भएका १४ जनाको पहिचान खुलेको छ। घाइते भएका वडा नम्बर २ का मदन धामी र उपेन्द्र शाहीलाई नेपालगन्ज लगिएको छ।

जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका वडा नं. २ का ६५ वर्षीय कृष्ण देवकोटा, १५ वर्षीय भरत ढकाल, भवानी ढकाल, १४ वर्षीय जीवन धामी, १६ वर्षका जगत बिक, १६ वर्षकै हिक्मत आउजी, १७ वर्षका प्रेम नेपाली, १८ वर्षका सन्तोष ढकाल, १९ वर्षका दिपेन्द्र धामी रहेका छन्। यस्तै वडा नं. ८ का २२ खम्म खनाल, वडा नं. ५ का १९ वर्षीय तपेन्द्र भण्डारी, १८ वर्षका दिक्षत भण्डारी र मंगलसेन नगरपालिका वडा नं. ५ का मेघराज भाट पनि घाइते भएका छन्।

उनीहरुमध्ये भरत ढकाल र सन्तोष ढकाललाई बयालपाटा अस्पताल रेफर गरिएको छ भने तपेन्द्र भण्डारी उपचारपछि घर फर्किएका छन्। अन्यको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा