पूर्वराज्यमन्त्री साहलाई षडयन्त्र कसुरमा ११ वर्ष कैद

news
news
November 02, 11:10

१६ कात्तिक, जनकपुरधाम । नौ वर्षअघि जनकपुरधाममा पाँच जनाको ज्यान जाने गरी भएको बम विस्फाेट घटनामा उच्च अदालत जनकपुरधामले पूर्व राज्यमन्त्री संजय साह ‘टकला’ लाई ११ वर्ष कैद सजायको फैसला सुनाएको छ ।

धनुषा जिल्ला अदालतले साहलाई यसअघि नै जन्मकैदको फैसला सुनाएको थियो । जिल्लाको फैसलापछि साहले उच्च अदालतमा निवेदन दिएका थिए ।

जिल्ला अदालतले एक जनालाई सफाइ र साहसहित सबैको कसुर ठहर गरेपछि सफाइ पाएका विरुद्ध वादी नेपाल सरकारले पुनरावेदन र कसुर ठहर भएकाहरुले निवेदन दिएका थिए ।

उच्च अदालतले यसअघि १७ असोजमा ज्यान मार्ने उद्योग कसुर सदर गरेपनि सजाय घटाएर १२ वर्षको ठाउँमा ७ वर्ष निर्धारण गरेको थियो ।

कर्तव्य ज्यान मुद्दामा संजय टकलाको कारणले ५ जनाको हत्या नभएको, अरु व्यक्तिको कारणबाट भएको देखिएको र त्यही प्रसंगमा जीवनाथ चौधरीको हत्या गर्न षडयन्त्र गरेको तर हत्या नभएको ठहर गर्दै उच्च अदालतले सोमबार ११ वर्ष कैदको फैसला गरेको उच्च सरकारी कार्यालय, जनकपुरका प्रमुख खडानन्द गौतमले बताए ।

यो मुद्दामा २० वर्ष कैद सजायको अभियोग दावी रहे पनि त्यो दावी नपुगेपछि षडयन्त्र कसुर कायम गरेर ११ वर्षको कैद सजाय तोकिएको उनले बताए ।

उच्च अदालतका न्यायाधीशद्वय धीर बहादुर चन्द र रमेश ढकालको संयुक्त इजलासले साहलाई ११ वर्षको कैद सजायको फैसला गरेको हो ।

२०६९ वैशाख १८ गते मिथिला राज्यको माग गर्दै जनकपुरधामस्थित रमानन्द चोकमा धर्ना बसेकालाई लक्षित गरी शक्तिशाली बम विस्फोट हुँदा ५ जनाको मृत्यु र ३२ जना घाइते भएका थिए ।

सो घटनामा साहलाई मुख्य योजनाकार बनाई जिल्ला अदालतमा ज्यान मार्ने उद्योग र ज्यान मार्ने षड्यन्त्र गरी दुई वटा मुद्दा चलाइएको थियो ।

धनुषा जिल्ला अदालतले साहलाई जन्मकैद सजाय सुनाएपछि उनी अहिले काठमाडौंको नख्खु कारागारमा कैद भुक्तान गरिरहेका छन् ।

जनकपुरका सञ्चार उद्यमी अरुणकुमार सिंघानिया हत्यामा पनि साहलाई धनुषा अदालतले जन्मकैदको फैसला तोकिसकेको छ ।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको खुलासा
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा