धनगढी विमानस्थल थप ७ दिन बन्द हुने, यस्तो छ अवस्था (फोटो फिचर)

Dhangadhi Airport
Dhangadhi Airport
June 03, 7:38

धनगढी, जेठ २० - धनगढी विमानस्थल थप एक साता बन्द हुने भएको छ । एक महिनाको अवधिमा धावन मार्ग स्तरोन्नतीको काम सम्पन्न नभए पछि विमानस्थल थप एक साता बन्द हुन लागेको हो । विमानस्थलमा पहिलेको भन्दा बढी दलदले माटो निस्किएकाले काम लम्बिएको निर्माण कम्पनीले जनाएको छ । अब मौसममा खराबी नआएमा जेठ २९ गतेबाट विमानस्थल सुचारु गर्ने गरी काम भइरहेको छ । 

1

गत वैशाख २२ गतेबाट उडान नै बन्द गरेर धनगढी विमानस्थलमा धावन मार्ग स्तरोन्नती सँगै माकिङ्ग क्षेत्र विस्तारको काम भइरहेको छ । निर्धारित समयमा धावन मार्ग विस्तारको काम नसकिएपछि वैशाख २८ गतेसम्म विमानस्थल बन्द रहने धनगढी विमानस्थलका प्रमुख तेज बहादुर बुड्थापाले बताउनु भयो । 
अहिले तीन वटा मात्रै ठुला जहाज पार्किङ गर्न मिल्ने धनगढी विमानस्थल अब चार वटा ठुलै जहाज पार्किङ मिल्लनेगरी बन्न लागेको उहाँको भनाई छ । 

2

मौसमले साथ दिएमा अबको ५ दिनमा विमानस्थलमा हवाई उडान सुचारु हुने गरी काम भइरहेको लुम्बिनी, कोषी, न्यौपाने र खड्का, कृष्ण जेभीका इन्जिनियर सचिन थापाको भनाई छ । पानी परेको खण्डमा भने फेरी धनगढी विमानस्थलको काम लम्बिने देखिएको छ । 

3


दैनिक ५ वटा जहाज मार्फत साढे ६ सयको हाराहारीमा यात्रुको ओहोरदोहोर हुने धनगढी विमानस्थल विगत एक महिना देखि ठप्प छ । जसले गर्दा यहाँका नागरिकहरूलाई सास्ती भइहरहेको छ ।

Tej B Budthapa

प्रदेशमा एउटा पनि वैकल्पिक विमानस्थल नभएपछि अहिले यहाँका नागरिकहरू नेपालगन्जको हवाई सेवा मार्फत हवाई यात्रा गर्न बाध्य छन् ।

4

 

 

सम्बन्धित वर्गका समाचारहरू

कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न
धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको… विस्तृतमा
पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा