कैलालीमा २७ औ वन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न

April 20, 3:59

धनगढी ७ बैशाख   /  मानव बन्यजन्तु सह अस्तित्व ःहाम्रो दायित्व भन्ने मुल नाराका साथ सुरु भएको बन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न भएको छ ।
डिभिजन बन कार्यलय पहलममानपुर कैलालीले घोडाघोडीमा एक कार्यक्रम को आयोजना गरि बन्यजन्तु सप्ताह कार्यक्रम सम्पन्न गरेको हो ।
कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै बसन्ता सरक्षित बन परिषदका अध्यक्ष पुस्कल बमले रुख मात्रै जोगाएर सह अस्तित्व जोगााउन नसक्ने बताए । उनले भने, रुखहरु मात्रै जोगााएर हदैन बन्यजन्तु पनि जोगाउनुपर्छ यसको दायित्व हामि सबैको हो । उनले घोडाघोडीको संरक्षणका लागि सो छेउछाउका सामुदायिक बनलाइ नै दायित्व सुम्पिनुपर्ने बताए ।

कार्यक्रममा बोल्दै फेकोफनका नगर अध्यक्ष मैना ढकालले पछिल्लो समय घोडाघोडी ताल क्षेत्रमा रहेका सामुदायिक बनहरुमा बन्यजन्तु चोरि सिकारि बढ्दै गएको बताइन । उनले सो क्षेत्रलाइ जोगाउनका लागि सबैको दायित्व रहेकाले त्यसको संरक्षणमा लाग्नुपर्ने बताएकि छन । घोडाघोडीमा निर्माण भइरहेको पार्कको लागि पनि संरक्षण गर्न सकिन्छ या सकिदैन भन्ने कुरा चुनौतिका रुपमा रहेको उनले बताइन । संरक्षण गर्न सके मात्रै पार्क निर्माण गर्नुपर्नेमा उनको जोड थियो ।

कार्यक्रममा बोल्दै नेपाल पन्क्षी संरक्षण सघंका प्रतिनिधि हिरु लाल डगौराले वातावरणमा रहेका हरेक प्राणीको अस्तित्व जोगाउनमा मानिसहरुको महत्वपूर्ण भुमिका रहने बताए ।कार्यक्रममा सुन्दर सामुदायिक बन उपभोक्ता समूह घोडाघोडी ४ का अध्यक्ष तुल्सिराम सापकोटा पनि बोलेका थिए ।

कार्यक्रमलाइ समापन गर्दे डिभिजन बन कार्यालय पहलमानपुरका प्रमुख गोकुल रिजालले यो क्षेत्र बन्यजन्तु ओहोर दोहारका लागि मुख्य मार्ग रहेको बताए । उनले सबैको बाच्ने अधिकार सुनिश्चित गर्नुपर्नेमा जोड दिए । बैशाख १ गते समन्वय समिति पहलमानपुर देखि सुरु भएको बन्य जन्तु सप्ताह अभियान आज घोडाघोडीमा सम्पन्न भएको हो । कार्यक्रमको सन्चालन सब डिभिजन बन कार्यलय सुखडका प्रमुख बिस्वराज पण्डितले गरेका थिए ।

सम्बन्धित वर्गका समाचारहरू

पूर्वाधार निर्माणले पर्यटकलाई सुविधा
कञ्चनपुर, २ वैसाख । पर्यटन प्रवद्र्धनका लागि भीमदत्त नगरपालिकाले भौतिक पूर्वाधार निर्माणमा जोड… विस्तृतमा
खप्तड र बडिमालिकामा सुरु भयो ‘हेली टुर’
धनगढी, १ फाल्गुन । सुदूरपश्चिम प्रदेशको प्रमुख पर्यटकीय स्थल खप्तड र बडिमालिका घुम्न आज देखि ‘हेली… विस्तृतमा
खप्तड घुम्नका लागि ‘हेलिटुर प्याकेज’
डोटी  १८ माघ / खप्तड राष्ट्रिय निकुञ्ज र बडीमालिका धार्मिक स्थलको अवलोकन, दर्शन गर्नका लागि हेलिटुर… विस्तृतमा
मन्त्री आलेद्धारा कञ्चनपुरको मझगाँउ विमानस्थल…
कञ्चनपुर,२८ पुस  / करिब दुई दशक देखि बन्द रहेको कञ्चनपुरको मझगाँउ विमानस्थलको निर्माण कार्य अघि… विस्तृतमा