काँग्रेसका पुराना नेता आनन्द जोशी वडामै पराजीत

news
news
November 14, 8:37

धनगढी / काँग्रेसका पुराना धनगढी नेपाली काँग्रेसका पुराना नेता आनन्दराज जोशी वडामै पराजीत भएका छन् । उनी शनिवार भएको धनगढी उपमहानगरको वडा नम्बर १ बाट क्षेत्रीय प्रतिनिधिमा पराजीत भएका हुन ।  उनी काँग्रेसको महाधिवेशन र महासमिति प्रतिनिधि समेत भइसकेका नेता हुन ।

१४ जना खुला प्रतिनिधिका लागि भएको निर्वाचनमा जोशीले १३७ मत पाएका थिए । यस्तै गरेर सुवास चन्द ११६ र कृष्ण कुँवर १११ मत पाएर पराजीत भए । जोशीलाई गत प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार डा. आरजु राणादेउवालाई असहयोग गरेको र नेता पुस्करनाथ ओझा निकट भएको भन्दै हराइएको बताइएको छ ।

सो वडामा प्रकाश विष्ट ३२ सदस्यीय वडा समिति सहित सभापति पदमा निर्विरोध निर्वाचित भएका थिए । यस्तै गरेर महिला, दलित, खस आर्य लगायतका आरक्षित सिटमा पनि क्षेत्रीय प्रतिनिधि सर्वसम्मत भएका थिए ।  ४१५ मतदाता रहेको सो वडामा ३४७ मत खसेकोमा २६ मत बदर भएको थियो ।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा