काँग्रेस महाधिबेशन : धनगढीमा उपाध्याय र क्षेत्र नम्बर ५ मा पडालको उम्मेदवारी घोषणा
धनगढी–सुदूरको राजनीतिक केन्द्रको रुपमा हेरिएको प्रदेश राजधानी रहेको धनगढी उपमहानगरपालिका र निर्वाचन क्षेत्र नम्बर ५ मा कांग्रेसको आसन्न १४ औँ महाधिवेशनका लागि सभापति पदमा उम्मेदवारी घोषणा गर्न सुरु भएको छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा पत्नीको निवास रहेको धनगढी उपमहानगरपालिका तथा निर्वाचन क्षेत्र रहेको कैलाली क्षेत्र नम्बर ५ मा कांग्रेसका नेताहरुले एक समारोहबीच आज उम्मेदवारी घोषणा गरेका हुन् । धनगढीको ओम प्यालेसमा सोमबार एक समारोहका बीच कैलालीको क्षेत्र नम्बर ५ मा भीम पडालले क्षेत्रीय सभापतिमा उम्मेदवारी घोषण गरेका छन भने धनगढी उपमहानगरपालिकामा नगर सभापतिका लागि यज्ञराज उपाध्यायले पनि आफ्नो उम्मेदवारी घोषणा गरेका हुन् ।
पडाल र उपाध्यायले संयुक्तरुपमा घोषणा सभा गर्दै आफूहरुको उम्मेदवारी पार्टीलाई कसरी माथि उकास्ने भन्नेमा रहेको बताए । घोषणा सभामा बोल्दै क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापतिका उम्मेदावारको घोषणा गरेको पडालले भने,‘आफ्नो क्षेत्रमा संघीय, प्रदेश र स्थानीय निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई कसरी जिताउने भन्नेमा लागि पर्ने र जिताउने छु ।’ आफूले पार्टीभित्र र पार्टीका विभिन्न पदमा रही काम गरेको अनुभव रहेको उनले बताए । त्यही अनुभवका आधारमा यसपटक आफूले क्षेत्र नम्बर ५ को क्षेत्रीय सभापतिमा दाबेदार रही उम्मेदवारी घोषणा गरेको उनले बताए ।
यस्तै धनगढी उपमहानगरपालिकाका नगर सभापतिका उम्मेदवारी उपाध्यायले भने,‘आगामी चुनावमा नेपाली कांग्रेसलाई नगरका साथै सबै वडामा जनप्रतिनिधि जिताउनका लागि मेरो उम्मेदवारी हो ।’ अहिले नगरको सचिव पदमा रहेर काम गरिरहेको बताउँदै उनले भने,‘नगर सपभातिमा हेर्ने हो भने मेरो स्वतः दावेदारी हो, जो सचिव पदमा काम गरेको अनुभवले पनि देखाउँछ ।’