अनशन बस्न डडेल्धुरा काँग्रेसको टोली काठमाडौं प्रस्थान

news
news
November 16, 5:36

धनगढी: क्रियाशील सदस्यता पुनरावलोकनको माग राख्दै आन्दोलित नेपाली काँग्रेस डडेल्धुराको संस्थापन पक्ष रिले अनशन बस्न मंगलबार काठमाडौं प्रस्थान गरेको छ। काँग्रेसको केन्द्रीय पार्टी कार्यालय सानेपामा गएर न्याय माग्न नेता तथा कार्यकर्ताको टोली बसमार्फत प्रस्थान गरेको काँग्रेस डडेल्धुराका कार्यालय सचिव राम विष्टले जानकारी दिए। उनले जिल्ला कार्यसमिति सदस्य गोकुल शाहीको नेतृत्वमा ५० जनाको टोली दिउँसो काठमार्डौ हिँडेको बताए। जिल्ला सभापति कर्णबहादुर मल्ल भने राजधानीमै छन्। 

जिल्ला कार्य समितिको ६३औं तथा विशेष बैठकबाट सिफारिस भएका क्रियाशील सदस्यतामा व्यापक हेरफेर गरेर एकलौटी रुपमा गरिएका वडा तथा पालिका अधिवेशनको खारेजीको माग गर्दै केन्द्रीय पार्टी कार्यालयमा अनशन बस्ने जिल्ला सभापति मल्लले बताए। ‘अवैध प्रक्रिया अपनाई गरिएको कथित स्थानीय अधिवेशनहरु खारेजीको माग राख्दै केन्द्रीय सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई अनुरोध गर्नेछौ’ उनले भने, ‘भोलि (मंसिर १ गते) पार्टी कार्यालयमा धर्ना र २ गतेदेखि रिले अनशन थाल्नेछौं।’ अनशनमार्फत पीडित क्रियाशील सदश्यहरुलाई न्याय दिलाउन सफल हुनेमा विश्वस्त रहेको सभापति मल्लले बताएका छन्।

वडा अधिवेशन पूर्व उत्पन्न विवाद समाधानका लागि केन्द्रीय सभापति, केन्द्रीय निर्वाचन समितिलाई दिइएको निवेदन तथा उजुरीमाथि ५४ दिनसम्म पनि कुनै सुनुवाई नगरिएको र उल्टै बाँकी रहेका अधिवशनहरु सम्पन्न गर्न सभापति देउवा नै उद्दत रहेको उनको आरोप छ। 

आन्दोलनमा जिल्ला कार्य समितिका पदाधिकारी, सदश्यहरु, आमन्त्रित सदश्यहरु, ५२ वडा सभापति, स्थानीय तहका जनप्रतिनिधि, भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत ईच्छुक नेपाली काँग्रेस क्रियाशील सदस्यहरुको सहभागिता रहने बताइएको छ।  जिल्लाले पठाएका क्रियाशीलल सदश्यहरुमध्ये ४६० बिनाकारण हटाइएको र समायोजन भएका १०० सहित ४१२ एकपक्षिय रुपमा नयाँ थप गरिएको मल्ल पक्षको दाबी छ। भदौ २५ गते गरिएको एकलौटी वडा अधिवेशनप्रति असहमती राख्दै प्रक्रियाको प्रमाणसहित ९२ पानाको अवैधानिक अधिवेशनका कागजातहरु जिल्ला कार्य समितिको बहुमत निर्णयबाट केन्द्रीय कार्य समितिलाई भदौ ३१ नै बुझाई सकिएको सभापति मल्लले बताए।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा