डडेल्धुरामा फेरि वडा अधिवेशन माग गर्दै काठमाडौंमा अनशन

news
news
November 17, 1:53

धनगढीः डडेल्धुरामा पुनः वडा अधिवेशन गर्नुपर्ने माग राख्दै नेपाली कांग्रेस डडेल्धुरा बुधबारदेखि काठमाडौंमा अनशन बस्दै छ। वडा र पालिका अधिवेशन सम्पन्न भइसकेको डडेल्धुरामा दोहोर्याएर वडा अधिवेशन गर्नुपर्ने माग राख्दै जिल्ला सभापति कर्ण मल्लको नेतृत्वमा अनशन सुरु हुन लागेको हो। 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा दिउँसो ३ बजेदेखि धर्ना र अनशन सुरु गरिने सभापति मल्लले जानकारी दिएका छन्। यसअघि उनले कात्तिक २७ गते सानेपामा पत्रकार सम्मलेन गरेर अनसन र धर्नाको घोषणा गरेका थिए। 

कांग्रेस डडेल्धुराले आफ्नो असहमति हुँदाहुँदै जिल्लामा संस्थापन पक्षले एकलौटी रूपमा वडा र पालिका अधिवेशन गरेको आरोप लगाउँदै आएको छ। सानेपामा धर्ना र अनशन बस्न जिल्ला सभापति मल्लले डडेल्धुराबाट नेता–कार्यकर्ताहरु बोलाइसकेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

करको विरोधमा २२ माघमा देशभरका सिनेमा हल बन्द हुने
काठमाडौं । चलचित्र विकास शुल्क र स्थानीय मनोरञ्जन करको विरोधमा फिल्म हल सञ्चालकले माघ २२ गते… विस्तृतमा
इजरायलमा मृत्यु भएका चार नेपालीको शव काठमाडौं ल्याइने…
काठमाडौं । हमासको आक्रमणमा परी मृत्यु भएका १० नेपालीमध्ये चार जनाको शव आइतबार नेपाल ल्याइने भएको छ… विस्तृतमा
कसुर प्रमाणित भए कति जेल सजाय हुन सक्छ अनमोललाई ?
काठमाडौं। आपराधिक विश्वासघात गरेको आरोपमा यतिबेला नायक अनमोल केसी प्रहरी हिरासतमा छन्। काठमाडौं… विस्तृतमा
कैलालीका शिक्षक शाहको शैक्षिक प्रमाणपत्र नक्कली रहेको…
काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीस्थित दशरथ माध्यामिक विद्यालयका शिक्षक महेश शाहको… विस्तृतमा