प्रादेशिक विश्वविद्यालय सम्बन्धी अध्ययन कार्यदल टोली डोटीमा

news
news
November 18, 11:11

डोटी,२ मंसिर । उच्च शिक्षा नीति तथा प्रादेशिक विश्वविद्यालयको छलफलका लागि प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल टोली डोटी पुगेको छ ।  सुदूरपश्चिममा विश्वविद्यालयको सङ्ख्या पर्याप्त मात्रामा भएता पनि पछिल्लो समयमा आवश्यक जनशक्ति उत्पादन गर्ने विद्यालय पर्याप्त मात्रामा नभएकाले आवश्यक जनशक्ति उत्पादन गर्नका लागि थप प्राविधिक विश्वविद्यालयको आवश्यकता रहेकाले सम्भाव्यता अध्ययन गर्न प्रदेश विश्वविद्यालय तथा उच्च शिक्षासम्बन्धी अध्ययन कार्यदल डा हेमराज जोशीको संयोजकत्वमा रहेको टोली डोटी पुगेको हो ।  

टोलीले अबको समाजका लागि आवश्यक शिक्षा प्रणाली कस्तो हुनुपर्छ भन्नेलगायत विषयमा जिल्लास्थित विद्यालय, क्याम्पस, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिको धारणा लिइरहेको छ । विद्यालयस्तरबाटै सैद्धान्तिक शिक्षाभन्दा व्यावहारिक शिक्षालाई जोड दिए शिक्षा क्षेत्रमा परिवर्तन ल्याउन सकिने नेकपा ९माओवादी केन्द्र० प्रदेश कमिटी सदस्य केवि साउदले बताए ।  

निजी विद्यालयमा शिक्षाको सिकाइस्तर प्रभावकारी हुने तर लोकसेवा पास गरेर आएका सरकारी विद्यालयका सिकाइस्तर न्यून हुने कारण खातलेर सरकारले नीति पारित गर्नुपर्ने उनको भनाइ छ । प्रदेश सरकारले उच्च शिक्षा नीति निर्माण गरेर सुदूरपश्मिेली समुदायलाई पायक पर्ने ठाउँमा प्रादेशिक विश्वविद्यालय स्थापना गरिनुपर्ने डोटी बहुमुखी क्याम्पसका प्रमुख दिलानन्द जोशीले बताए । 

सरकारले हालसम्म उच्च शिक्षासम्बन्धी नीति निर्माण गर्न नसक्दा विभिन्न झमेला खेप्दै आउनुपरेकाले प्रदेश सरकारले विश्वविद्यालय निर्माण गर्दा अरु विश्वविद्यालयभन्दा फरकसम्बन्धी ठाउँमा उपयुक्त हुने किसिमको पाठ्यक्रम निर्माण गरेर अध्यापन गराउनुपर्ने क्याम्पस प्रमुख जोशीको भनाइ छ । गुणस्तरीय शिक्षाको अभावमा उत्पादन भएका जनशक्तिले विदेश पलायन हुनुपर्ने बाध्यता रहेकाले प्रदेश सरकारले शिक्षासम्बन्धी नीति निर्माण गर्दा सम्बन्धित ठाउँको आवश्यकताअनुसारको शिक्षा प्रणालीको विकास गर्नुपर्ने दिपायल सिलगढी नगरपालिकाका प्रमुख मञ्जु मलासीले बताईन् ।  

सम्बन्धित वर्गका समाचारहरू

इलेक्ट्रिक गाडी चढ्दा यस्ता छन् ७ फाइदा
दिपायल । इलेक्ट्रिक सवारी साधन अव विश्वमै धेरैले प्रयोग गर्ने प्रचलन बढ्न थालेको छ । नेपालमा पनि… विस्तृतमा
जन्म दिनको अवसरमा उप मेयर रावलद्धारा अस्पतालका विरामीलाई फलफुल…
डोटी ।  जन्म दिनको अवसरमा रमाईलो गरेर फजुल खर्च गर्ने परिपाटीको एक पछि अर्कोगरी विस्तारै अन्त्य… विस्तृतमा
विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा