शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक धनगढीद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

news
news
December 09, 5:31

धनगढी,२३ मंसिर  /  शाइन रेशुङ्गा डेभलपमेण्ट बैंक लि। धनगढी शाखा कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई बैंकिङ सम्बन्धि जानकारी प्रदान गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

धनगढी सन्तोषिटोल स्थित एसपीए कलेजमा बीबीएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरुलाई डिजिटल बैंकिङ र फाइनान्सियल लिट्रेसी सम्बन्धि साक्षरता प्रदानका साथसातै बैंकले सामाजिक उत्तर दायित्व अन्तर्गत डष्टबिन वितरण कार्यक्रम पनि सम्पन्न गरिएको बैंकका शाखा प्रवन्धक रविन्द्र शाहीले जानकारी दिए ।

साक्षरता कार्यक्रममा बैंकका क्षेत्रीय प्रबन्धक लेखनाथ पौडेल र आई टि अफिसर तारा प्रसाद पाण्डेले विद्यार्र्थीलाई डिजिटल प्रणालीको आवश्यकता र यसको प्रयोगबाट हुने फाईदाका बारेमा जानकारी दिएका थिए । दुई सयभन्दा बढी विद्यार्थीहरुको सहभागिता भएको कार्यक्रमा कलेजका तर्फबाट विभाग प्रमुख रघुनाथ जोशी र प्रबन्धक निर्देशक सुवास बि शाहीले यस प्रकारका कार्यक्रमले विद्यार्थीहरुले व्यवहारिक ज्ञान पनि हासिल गर्ने बताए ।

सम्बन्धित वर्गका समाचारहरू

धनगढीको शिवनगरमा संचालनमा आयो पिके हेअर सैलुन एण्ड…
धनगढी । धनगढीको शिवनगरमा पिके हेअर सैलुन एण्ड जेन्स पार्ल  संचालनमा आएको छ ।  धनगढी उपमहानगरपालिका… विस्तृतमा
शिव शिखर सहकारीको कारोबार यकिन गर्न सकस
काठमाडौं । ३६ जिल्लामा शाखा रहेको शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाको हालसम्म ११ शाखामात्र सिल… विस्तृतमा
सुनकाे भाउ अहिलेसम्मकै महँगाे, तोलाकाे १ लाख १७ हजार…
काठमाण्डाै / सुनको भाउ अहिलेसम्मकै महँगाे भएको छ । आज नेपाली बजारमा सुन अहिलेसम्मकै महँगो प्रतितोला… विस्तृतमा
सीमा क्षेत्रमा भारुको कारोबार नहुँदा व्यापार व्यवसायमा…
धनगढी । सीमा क्षेत्रका सहरमा रु एक सयभन्दा बढी दरका भारतीय मुद्राको कारोबार नहुँदा व्यापारिक… विस्तृतमा