बझाङको जयपृथ्वी नगरपालिका १ का वडाध्यक्ष पक्राउ

एक
एक
December 30, 12:16

बझाङ १५ पुष / बझाङको जयपृथ्वी नगरपालिकाका एक वडाध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ । नगरपालिकाको वडा नं. १ का वडाध्यक्ष गगन सिँहलाई प्रहरीले पक्राउ गरेको हो । नक्कली नागरिकता बनाउन गरेको सिफारीसमा हस्ताक्षर गरेको भन्दै वडाध्यक्ष सिँहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी नायब उपरिक्षक ज्ञान बहादुर बिष्टले जानकारी दिए ।

सोही वडाका सतिश बहादुर सिँहको नक्कली नागरिकता बनाउन सिफारिस गरिएको भन्दै वडाध्यक्ष सहित सिफारीस बनाउने वडासचिव करन वि.क, वडाका लेखापाल अजय बहादुर सिँह लाई पनि पक्राउ गरिएको उनले बताए ।

यसैबिच सोही वडामा रहेको नारायण मा.वि का प्रधानाध्यापक ऐन बहादुर सिँहलाई पनि प्रहरीले पक्राउ गरेको छ । प्रधानाध्यापक सिँहलाई सोही व्यक्तिको कक्षा ८ को नक्कली मार्कसिट बनाईदिएको भन्दै पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक विष्टले बताए ।

जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २०६८ सालमा एसएलसी दिएर फेल भएको ब्यक्तिलाई नक्कली मार्कसिट बनाएर नेपाल प्रहरीमा जागिर लगाईदिने आस्वासन दिएर नक्कली प्रमाणपत्र जुटाउन लागेको खुल्न आएको छ ।

जिल्ला प्रशासन कार्यालय बाट पहिलो पटक सतेस बहादुर सिंहको नामबाट नागरिकता लिएको र अहिले उनै ब्यक्तीको नाम परिवर्तन गरि वडाबाट सिफरिस आएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।

सम्बन्धित वर्गका समाचारहरू

विकास बजेट खर्च न्यून
धनगढी । चालु आर्थिक वर्षको आधाभन्दा बढी समय गुज्रिँदासम्म प्रदेशको विकास बजेट (पुँजीगत बजेट) खर्च… विस्तृतमा
पक्की पुलमा एक पटक एउटा गाडी
बाजुरा । बाजुराको साँफे–मार्तडी राजमार्ग अन्तर्गत पर्ने गुइगाड खोलामा निर्माण भएको नयाँ पक्की पुलमा… विस्तृतमा
कञ्चनपुरको दक्षिणी क्षेत्र : सधै बाघको त्रास
कञ्चनपुर / गत वर्ष चैतमा कञ्चनपुरको पुर्नवास सँग सीमा जोडिएको भारतमा पर्ने दुधुवा नेशनल पार्कमा… विस्तृतमा
कपिलवस्तु बस दुर्घटना अपडेट : मृतक १० जनाको सनाखत
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका १ सुरही पुल नजिकै बस दुर्घटना हुदा १० जनाको सनाखत भएको छ… विस्तृतमा