एमाले कैलाली अधिवेशन, भोलि मतदान हुने

ss
ss
January 08, 3:22

धनगढी,२४ पुष / कैलालीमा नेकपा ९एमाले० निर्वाचन कमिटीले निर्वाचन तालिका सार्वजनिक गरेको छ। जिल्ला अध्यक्ष लगायतका पदाधिकारीमा सहमति जुट्न नसकेपछि निर्वाचनको प्रक्रिया अघि बढाइएको हो। 

तालिका अनुसार आज दिउसो ३ बजेदेखि ३ः ३० बजेसम्म अन्तिम मतदाता नामावली प्रकाशन गरिने छ। यस्तै ४ बजेदेखि ५ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ। आजै साझ ७ः ३० देखि ८ः ३० बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिने प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सेनाले बताए। 

यस्तै आइतबार बिहान ८ः ३० बजेदेखि १ः ३० बजेसम्म मतदान हुने कार्यतालिका रहेको उनले बताए। यस्तै दिउँसो ३ बजेबाट मतगणना हुने बताइएको छ।  मतगणना सकिए लगत्तै निर्वाचन परिणाम सार्वजनिक गरिने छ। सहमतिमै नेतृत्व छान्ने भनेर निकै कसरत गरिएकोमा सहमति नभएपछि निर्वाचनमा जानुपरेको नेताहरले बताएका छन्। जिल्ला अध्यक्षका लागि वर्तमान अध्यक्ष रतन थापा, रणबहादुर चन्द र डेजी पाण्डेले दाबी गरेका छन्।

सम्बन्धित वर्गका समाचारहरू

कांग्रेसले तोक्यो संसदीय समितिमा १० संयोजक
काठमाडौं । नेपाली कांग्रेसले पार्टी र संसदीय समितिलाई संयोजन गर्ने जिम्मेवारी १० जना सांसदलाई दिएको… विस्तृतमा
एमाले कैलाली जिल्ला अधिवेशनको लोगो सार्वजनिक
धनगढी  । नेकपा (एमाले) कैलालीले आगामी फागुन ६ र ७ गते सुख्खडमा हुने नवौं जिल्ला अधिवेशनको लोगो… विस्तृतमा
एमालेले बोलायो संसदीय दलको बैठक
काठमाडौं । नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बैठक शनिबार र आइतबार दुई दिन बस्ने छ । बैठक… विस्तृतमा
कांग्रेस संसदीय दलको बैठक भोलि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक भोलि बस्दैछ । दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद… विस्तृतमा